Comments Add Comment

इटहरीमा एक व्यापारिक भवनमा भीषण आगलागी

२१ माघ, इटहरी । इटहरी उपमहानगरपालिका–१ को मुख्य चोकमा रहेको आठ तले व्यापारिक भवनमा भीषण आगलागी भएको छ ।

विद्युत् सर्ट भई सुरु भएको आगलागीबाट कम्तीमा १०० वटा थोक व्यापारिक पसल, सुविधा गेस्ट हाउसलगायतका ठूलो व्यापारिक भवनहरु जलेर नष्ट हुँदा अरबौँ रुपियाँको नोक्सानी भएको छ ।

बेलुका ५ बजे सुरु भएको आगोलाई इटहरी, धरान, विराटनगर, इनरुवालगायतका दमकलले नियन्त्रण गर्ने प्रयास जारी रहेको छ । आगोको मुस्लो र धुँवा नियन्त्रण बाहिर छ । आज बिहीबार इटहरीका बजार बन्द हुने भएकाले मानवीय क्षति भने भएको छैन ।

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीले आसपासमा आगो फैलन नदिन नजिकका घरका सिसा फुटाइरहेका छन् । आसपासका पसलबाट लत्ताकपडा अन्तै सार्ने काम भइरहेको छ । सो क्षेत्रमा हजारौँको सङ्ख्यामा सर्वसाधारणको भीड रहेको छ ।

आसपासमा चल्ने सवारीका साधनलाई रोक लगाइएको छ । आगलागी जारी रहेकोले क्षतिको पूर्ण विवरण आउन सकेको छैन ।  रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment