Comments Add Comment

२३ देशका दुकान भएको दुनियाको अनौठो गल्ली

21 desh ko

दुनियामा केवल देशहरु मात्र होइन बजारहरु पनि बहुसांस्कृतिक बन्दै गएका छन् । बेलायतको लेसेस्टरस्थित नरबोरोह सडक दुनियाको सबैभन्दा बहुसांस्कृतिक विशेषतायुक्त बजार भएको सडक हो भन्दा फरक नपर्ला । यो दुनियाको एउटात्र यस्तो गल्ली हो जहाा २३ देशका फरक फरक पसल छन् ।

एसियाका भारत, पाकिस्तान, चीन देखि लिएर अफ्रिकाका तान्जानिया, युगान्डा तथा जाम्बिया जस्ता देशका व्यापारीले समेत त्यहाा दुकान खोलेका छन् । युरोपेली तथा अन्य पश्चिमा ब्राण्डका दुकानको त कुरै नगरौा । जसका कारण त्यो पूरै गल्लीको वातावरण बहुरंगी तथा बहुसांस्कृतिक फुलबारी जस्तै बनेको छ ।

23 desh2

बेलायतमा यो गल्लीले आधिकारिक रुपमै देशको सबैभन्दा विविधतायुक्त गल्लीको उपाधि पाएको छ । यहाा कुल २२२ वटा दुकान छन् जसका मालिक विभिन्न २३ वटा फरक फरक देशका रहेका छन् । केन्याली पसले ५५ वर्षका तजिन्दर रिहालले आफुले उक्त ठाउामा पछिल्लो १६ वर्षदेखि पसल चलाइरहेको बताउाछन् । त्यहााका व्यापारीहरुको एउटै गुनासो छ की सरकारले उनीहरुको समस्या कम सुन्छ र त्यो क्षेत्रको विकाशमा कम ध्यान दिने गरेको छ ।

23 desh3यो ठाउाका पसलेहरु विभिन्न फरक फरक देशका भएपनि आपसमा मित्रवत व्यवहार गरेको देख्दा स्थानियहरु पनि अचम्म मान्छन् । पसलेहरुबीच व्यापारिक प्रतिस्पर्धा त छ तर कहिल्यैपनि झैझगडा भने छैन ।

यो गल्लीमा पसल थाप्ने व्यापारीहरु भारत, पाकिस्तान, चीन, क्यानडा, बेलायत, जिम्बाबे, तान्जानिया, टर्की, जाम्बिया, थाइल्याण्ड, युगान्डा, सोमालिया, पोल्याण्ड, अफगानिस्तान, जमैका, श्रीलंका, लिथुआनिया, इरान, केन्या, कुर्दिस्तान, मालावी, क्यामरुन तथा इराकका रहेका छन् ।

23 desh ko dokan1

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment