Comments Add Comment

सुशीलको शवयात्रा आर्यघाट पुग्यो

Sushil-ko-shabyatra

२७ माघ, काठमाडौं । नेपाली कांग्रेसका स्वर्गीय सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाको शवयात्रा पशुपति आर्यघाट पुगेको छ । आर्यघाट स्वर्गीय कोइरालाका शुभेच्छुकहरुले खचाखच छ ।

भतिजाद्वय अतुल र सुदांशुले सुशील कोइरालालाई दागवत्ती दिनेछन् ।

कोइरालाको अन्तिम विदाइमा सहभागी हुन कांग्रेसका वरिष्ठ नेता-कार्यकर्ता, अन्य राजनीतिक दलका नेताहरु, मन्त्रीहरु, सांसदहरु, सुरक्षाकर्मीहरु, कुटनीतिक नियोगका प्रतिनिधिहरु, आफन्तजन, पेशा व्यवसायी र सर्बसाधारण आर्यघाट पुगेका छन् ।

आर्यघाटमा कोइरालाको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिनेछ । सेनाले १३ तोपको सलामी दिनेछ । सुरुमा विद्युतीय गृहमा शवदाह गर्ने भनिए पनि परिवारका सदस्यहरुले अस्वीकार गरेका थिए ।

कोइरालाको पार्थिव शरीरलाई शवयात्रासहित आर्यघाट पुर्‍याइएको हो । दशरथ रंगशालाबाट सुरु भएको शवयात्रा थापाथली, कमलपोखरी, मैतीदेबी, गौशाला हुँदै आर्यघाट पुगेको थियो ।

गत सोमबार राति १२:५० मा महाराजगञ्जस्थित निवासमै कोइरालाको आकस्मिक निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment