Comments Add Comment

पर्वतारोही तथा समाजसेवी पासाङलाई कोलोराडोमा सम्मान गरिने

pasang

नातिबाबु भट्ट
कोलोराडो । नेसनल ज्योग्राफीले प्रदानगर्ने “पिपुल्स च्वाईस एडभेन्चरर् अफ द एयर २०१६” जित्न सफल साहसिक पर्वतारोही तथा समाजसेवी पासाङल्हामु शेर्पा अकितालाई कोलोराडोमा सम्मान गरिने भएको छ ।

उनको  साहसिक क्रियाकलापले नेपाल र नेपालीको शिर विश्वमा उच्च राख्न सफल भएको भन्दै कोलोराडोमा सकृय नेपालीहरुको साझा संस्था नेपालीघरको आयोजनामा आगामी फेबु्रअरी १३ शनिबारका दिन उनलाई सम्मान गर्न लागिएको हो ।

डेन्भर स्थित याक एण्ड यती रेष्टुरेन्टमा बिहान ११ बजे देखि सुरु हुने कार्यक्रकमा सहभागी भई उनलाईर् थप हौसला प्रदान गर्न आयोजक संस्थाले कोलोराडोमा रहेका नेपालीमा आग्रह गरेको छ ।

पन्ध्र बर्षको कलिलो उमेरमा बाबु आमा गुमाएकी सोलखुम्बु निवासी ३१ बषिर्या पासाङ्गले १९ बर्षको उमेर देखिनै पर्वतारोहण सुरु गरेकी थिईन् । सगरमाथा, केटु हिमालको सफलताका साथ आरोहण गरिसकेकी उनी नेपालको पहिलो महिला पर्वतारोही प्रशिक्षक समेत हुन् । पर्वतारोहण संगै समाज सेवामा पनि त्यत्तीकै सकृय पासाङ्ग विश्वकै एक नमुना महिला बन्न सफल भएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment