Comments Add Comment

कैदीले जोडे कारागारमा सोलार बत्ती

Gorkha-District२९ माघ, गोरखा । अघोषित विद्युत्भार कटौतीले कारागारभित्र अन्धकार भएपछि खोप्लाङका जगन्नाथ अधिकारीले सोलार बत्ती जडान गरी कारागारभित्रका कोठा उज्यालो बनाएका छन् ।

गोरखा जिल्ला कारागारभित्र बन्दी जीवन बिताइरहेका अधिकारीले २० वाट क्षमताको सोलार बत्ती जडान गरेका हुन् ।  उनले बाँसको मुढा, नाम्लोलगायतका सामग्री बुनेर आर्जन गरेको  नौ हजार ६०० ले कारागार झिलीमिली बनाएका छन् । 

हिजोदेखि सोलार बत्तीको उज्यालोमा कैदीबन्दीले खाना पकाउने, मुढाहरु बुन्ने र पढ्न सुरु गरेको अधिकारीले बताए । कारागारभित्रका पुरुष र महिला बस्दै आएका छुट्टाछुट्टै भवनमा सोलार बत्ती जडान भएपछि रातको समयमा शौचालय जान, आउन सहज भएको छ । उनले शौचालय र चारवटा कोठामा एक÷एक बत्ती जडान गरेका हुन् । कारागारमा ११८ जना कैदीबन्दी कैद जीवन बिताइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment