+
+
Shares

तारा एयरको विमान म्याग्दीमा दुर्घटना, २३ को मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७२ फागुन १२ गते २२:२४

crash-time final_650

१२ फागुन, काठमाडौं । तारा एयरको विमान म्याग्दीमा दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा चालक दलका तीन सदस्यसहित सबै २३ जनाको मृत्यु भएको छ ।

बुधबार विहान ७ बजेर ५७ मिनेटमा पोखराबाट जोमसोमका लागि उडेको विमान ८ बजेर १० मिनेटमा सम्पर्कबिहीन भएको थियो । विमानमा चार दलका तीन सदस्य र दुई बच्चासहित २० जना यात्रु थिए ।

विमान सम्पर्कबिहीन भए लगतै पोखराबाट निजी हेलिकोप्टर र काठमाडौंबाट सेनाको हेलिकोप्टर परिचालन गरिएको थियो ।

स्थानीयबासीले म्याग्दीको दानामा दुर्घटना भएको आशंका गरे । विमानमा रहेका एक यात्रुका आफन्तले विहान ९ बजेतिर फोन लागेको बताएपछि फोन ट्रास गरेर पनि खोजी सुरु भयो । तर, शंकास्पद घोप्टेभीर, रुप्से झरना लगायतका क्षेत्रमा बादल लागेकाले हेलिकोप्टरबाट खोजी प्रभावकारी हुन सकेन

मध्याहृन काब्रोबाट गएको प्रहरी र स्थानीयबासीको टोलीले दाना गाविसको केकरबुट्टा भन्ने जंगलमा विमान दुर्घटनाग्रस्त भेटियो

प्रहरीसँगै घटनास्थल पुगेका स्थानीय शिक्षक श्यामबहादुर पुनले अनलाइनखबरलाई बताए अनुसार घटनास्थलम पुग्दा विमान टुक्राटुक्रा भएको अवस्था थियो भने आगो बलिरहेको थियो

केही शवहरु बाहिर थिए । तर, सुरुमा हवल्दार र प्रहरी जवान र केही स्थानीयमात्र पुगेकाले उद्दार सम्भव भएन । मात्र दुर्घटना भएको पुष्टि भयो । पछि नेपाली सेना, शसस्त्र प्रहरी र नेपाली सेनाको टोली पुगेपनि मौसमले साथ दिए ।

पटक पटक प्रयास गर्दा पनि हेलिकोप्टर घटनास्थलमा पुग्न सकेन । त्यहाँ पुगेका सुरक्षाकर्मीले १७ जनाको शव संकलन गरेको छ ।

तर, घटनास्थल घना जंगलमा भएको र अपराहृनतिर हिउँ परेकाले उद्धार कार्य प्रभावकारी हुन सकेन । अब भोलि मात्र शव संकलन र काठमाडौं ल्याउने प्रयास हुनेछ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक राजेशराज दलीको अध्यक्षमा पाँच सदस्यीय आयोग गठन गरेको छ ।

यो पनि पढ्नुस्

विमान दुर्घटनाको डरलाग्दो तथ्यः ५९ दुर्घटना, ७३७ को निधन

आफैंले उडाएर क्यानडाबाट ल्याएको जहाजले लग्यो पाइलट रोशनलाई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?