+
+
Shares

व्यावसायिक पशुपालन गर्ने किसानलाई सहुलियत दरमा ऋण दिइने

अनलाइनखबर अनलाइनखबर
२०७२ फागुन २७ गते ९:३७

Cow-Farm-Kavre२७ फागुन, वालिङ । नेपाल सरकारका पशुपक्षी विकास मन्त्री शान्ता मानवीले व्यावसायिक पशुपालक किसानलाई सहुलियत दरमा ऋण उपलब्ध गराइने बताएकी छिन् ।

युवाका लागि बाख्रा गाउँ अभियान, स्याङ्जाले बुधबार वालिङमा आयोजना गरेको नेपालमा ‘बाख्रापालनको सम्भावना, समस्या, अवसर र चुनौती विषयक’ एकदिने गोष्ठीको उद्घाटन गर्दै मन्त्री मानवीले व्यावसायिक कृषककालागि सहज र सरल तरिकाले ऋण उपलब्ध गराउनका लागि मन्त्रालयगतरुपमा काम अगाडि बढिरहेको जानकारी दिइन् ।

पशुपालक कृषकलाई अनुदान दिन सरकार तयार रहेको बताउदै मन्त्री मानवीले अनुदान पाउनका लागिमात्रै फर्महरु सञ्चालन गर्नेहरुमाथि भने अब सरकार कडा नीति अगाडि सार्ने योजनामा रहेको बताइन् ।

उनले देशलाई मासु, अन्डा र दूधमा आत्मनिर्भर बनाउन सक्नुपर्नेतर्फ जोड दिँदै अब परम्परागत तवरले पशुपालन व्यवसाय सञ्चालन नगरी उन्नत तथा आधुनिक तौरतरिकाको अवलम्बन गर्न जरुरी रहेको धारणा व्यक्त गरिन् ।

मन्त्री मानवीले पशुपक्षीका विषयलाई माध्यमिक तहसम्मको पाठ्यक्रममा समावेश गर्नका लागि विषय विज्ञहरुसँग पनि मन्त्रालय छलफल तथा परामर्शको तयारीमा रहेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?