Comments Add Comment

आफ्नै जोक सुनेर मनोरञ्जन लिन्छिन् आलिया

aliya

मुम्बई । बलिउड अभिनेत्री आलिया भट्ट आफ्नै वारेको जोक्स सुनेर पनि मनोरञ्जन लिने गर्छिन् । ‘स्टुडेन्ट अफ द इयर’वाट करिअर सुरु गरेकी आलियाको सामाजिक सञ्जालमा धेरैले मजाक उडाए ।

उनी भन्छिन् ‘मेरो वारेमा बनेको जोक्स सुनेर म आफैं मरी मरी हाँस्छु ।’ वास्तवीक जीवनमा उनी अलि बढि इमोस्नल छिन् । थोरै मुढी केटी भन्न चाहन्छिन् आफुलाई । उनलाई रुनका लागि खास कारण चाहिंदैन ।’

नयाँ फिल्म ‘कपुर एण्ड सन्स’को प्रमोशनको क्रममा आयोजित कार्यक्रममा कुराकानी गर्दै आलियाले भनिन् ‘म खासमा मुस्कुराएर कुरा गर्ने मस्ति गर्ने केटीको रुपमा देखिन्छु । तर, एकदमै भावुक छु ।’

उनी कहिले काँही बन्द कोठामा रोएर र कराएर पनि खुसी हुने प्रयाश गर्छिन् । धेरैले भन्ने गर्छिन बलिउड फिल्म उद्योग पुरुष प्रधान हो । तर, आलिया यो मान्न तयार छैनन् । ‘बलिउड परिवर्तन हुँदै गएको छ यहाँ महिला हेपिएका छैनन्’ उनले भनिन् ।

कुनै वेला नायककै कारण फिल्म सफल हुने भएपनि अहिले त्यो मान्यता तोडिए जस्तो लाग्छ उनलाई ।
aliya-bhatta

उनी उदहारण दिंदै भन्छिन् ‘नीरजा महिलाप्रधान फिल्म थियो । जुन फिल्ममा सोनम कपुरले मुख्य भूमिका निर्वाह गरेकी थिइन् । फिल्म सफल भयो ।’

अहिले इंग्लिस विंगलिश फेम निर्देशक गौरी शिन्धेको फिल्ममा काम गर्दै गरेकी आलिया यसमा शाहरुख खानसंग अभिनय गर्दै छिन् । सुरुमा शाहरुखलाई देखेर केही आत्तिएकी आलिय केही समय कुरा गरेपछि उनको फ्यान बनेको बताइन् ।

शाहरुख ठूलो स्टार भएर पनि सेटमा सबैको कुरा सुन्ने वानीको तारिफ गरिन् ।

करण जौहरको प्रोडक्सन हाउसको ब्यानरमा बनेको फिल्म कपुर एन्ड सन्स १८ मार्चमा रिलिज हुने भएको छ भने यसको निर्देशन शकुन बत्राले गरेका छन् । आलियाको अतिरिक्त सिद्धार्थ कपुर, फवाद खान, ऋषि कपुर लगायतले मुख्य भूमिका निर्वाह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment