Comments Add Comment

ओम अस्पतालमा स्पाइनल सर्जरी सेवा सुरु, ७ दिन निःशुल्क उपचार

काठमाडौं । ओम हस्पिटल एण्ड रिसर्च सेन्टरले स्पाइनल सर्जरी सेवा आइतबारबाट सञ्चालनमा ल्याएको छ ।

Gaurabraj-Dhakal-and-Bhola-Rijalपछिल्लो समय अधिकांस मानिसहरुमा ढाड, गर्धन दुख्ने लगायतका समस्या देखिन थालेपछि विरामीहरुको स्वास्थ्यलाई ध्यानमा राखेर सेवा सुरु गरिएको अस्पतालका अध्यक्ष डा. भोला रिजालले जानकारी दिए ।

स्पाइनल सर्जरी सुरु भएको उपलक्ष्यमा अस्पतालले आइतबारबाट ७ दिन विरामीहरुलाई निःशुल्क सेवा दिने डा. रिजालले बताए ।

नेपालमा हरेक चार जनामा तीन जनालाई यो समस्या देखापर्ने डाक्टरहरु बताउँछन् । ‘८० प्रतिशत जनसंख्याले वर्षको एकपटक कम्मर या गर्धनको समस्या बेहोरेकै हुन्छ,’ सर्जरीको ओपीडी सेवा सञ्चालनमा ल्याउँदै सर्जन डा. गौरवराज ढकालले भने ।

अस्पतालका अध्यक्ष रिजालले मेरुदण्ड रोगको उपचारका लागि स्पाइनल सर्जरी आफैमा महंगो पद्दति भएपनि आफूहरुले सकेसम्म सस्तोमा उपचार गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment