+
+
Shares

चीन र नेपालले एक अर्को देशमा बैंकको शाखा खोल्न पाउने

अनलाइनखबर अनलाइनखबर
२०७२ चैत ८ गते १२:१६

८ चैत, बेइजिङ । नेपालले चीनको कुनै पनि भूभागमा आफ्नो बैंकको शाखा विस्तार गर्न पाउने भएको छ । त्यसैगरी चीनले पनि नेपालमा आफ्नो बैंकको शाखा विस्तार गर्न पाउने भएको छ ।

चीन र नेपालवीच बैंकको शाखा विस्तार गर्न पाउने एमओयु भएपछि यसले दुई देशको आर्थिक विकास एवं साझेदारीमा महत्वपूर्ण योगदान पुर्‍याउने सरकारी अधिकारीको दाबी छ ।

Chiranjibi-Nepalसोमबार बेइजिङमा दुई देशवीच बैंकको शाखा विस्तार गर्न पाउने सहमतिबारे हस्ताक्षर भएको नेपाल राष्ट्र बैंकका गभर्नर डा. चीरञ्जीवी नेपालले अनलाइनखबरलाई जानकारी दिए । गर्भनर नेपालले अनलाइनखबरसँग भने- ‘यो निकै महत्वपूर्ण उपलब्धि हो, अब चीनले नेपालमा आफ्नो बैंकको शाखा खोल्न पाउँछ र नेपालले पनि चाह्यो भने चीनमा बैंकको शाखा विस्तार गर्न सक्छ ।’

नेपालका विकास परियोजनाहरुमा महत्वपूर्ण भूमिका खेल्दै आएको चीनले अहिलेसम्म नेपालमा आफ्नो बैंकको शाखा खोलेको छैन । तर, अब चीनले नेपालमा शाखा खोल्न सक्ने गरी दुईदेशवीच समझदारीपत्र (एमओयु) मा हस्ताक्षर भएको गभर्नर नेपालले अनलाइनखबरलाई बताए ।

साथै यो एमयोयुले दुई देशवीच देखा पर्ने वित्तीय संकट व्यवस्थापनमा समेत सकारात्मक सहयोग गर्ने र नियमनसम्बन्धी सूचनाहरु आदान- प्रदान गर्न बाटो खुल्ला भएको डा. नेपालले अनलाइनखबरलाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?