+
+
Shares

लेकसाइडमा खुल्यो गुडविल होटल, सपिङ सेन्टरदेखि पार्लरसम्म सुविधा

१० चैत, पोखरा । विनाशकारी भूकम्प र भारतीय नाकाबन्दीले पर्यटन व्यवसाय चौपट भइरहेको बेलामा पोखरामा करोडौं लगानीमा नयाँ होटल सञ्चालनमा आएको छ ।

साढे दुई देशकदेखी पर्यटन व्यवसायमा संलग्न मदन केसीले १२ करोड रुपैयाँ बढी लगानीमा होटल गुडविल सञ्चालनमा ल्याएका हुन् । २३ आना क्षेत्रफलमा फैलिएको ६ तले होटलमा ४१ रुमहरु रहेका छन् ।

होटलमा २ स्वीट रुम, ६ सुपर डिलक्स रुम, ३२ डिलक्स रुम र एउटा फेमिली स्वीट रुम रहेको सञ्चालक केसीले बताए । होटलका सबै रुमहरु वातानुकुलित रहेका छन् । सबै रुममा टिभीसहित फ्रि वाईफाई सुविधा समेत रहेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७२ चैत १० गते १६:४९

सन्देश श्रेष्ठ
१० चैत, पोखरा । विनाशकारी भूकम्प र भारतीय नाकाबन्दीले पर्यटन व्यवसाय चौपट भइरहेको बेलामा पोखरामा करोडौं लगानीमा नयाँ होटल सञ्चालनमा आएको छ ।

साढे दुई देशकदेखी पर्यटन व्यवसायमा संलग्न मदन केसीले १२ करोड रुपैयाँ बढी लगानीमा होटल गुडविल सञ्चालनमा ल्याएका हुन् । २३ आना क्षेत्रफलमा फैलिएको ६ तले होटलमा ४१ रुमहरु रहेका छन् ।

होटलमा २ स्वीट रुम, ६ सुपर डिलक्स रुम, ३२ डिलक्स रुम र एउटा फेमिली स्वीट रुम रहेको सञ्चालक केसीले बताए । होटलका सबै रुमहरु वातानुकुलित रहेका छन् । सबै रुममा टिभीसहित फ्रि वाईफाई सुविधा समेत रहेको छ ।

Hotel Goodwill

होटलको स्वीट रुममा बस्न नेपालीले प्रतिरात आठ हजार रुपैयाँ र विदेशीले एक सय डलर तिर्नुपर्नेछ । सुपर डिलक्स रुमको नेपालीका लागि साढे चार हजार र विदेशीका लागि पचास डलर, डिलक्स रुमको नेपालीका लागि तीन हजार र विदेशीको लागि चालीस डलर तोकिएको छ ।

होटल शुभारम्भको अवसरमा सबै पर्यटकलाई एक महिनासम्म २५ प्रतिशत छुट दिइने सञ्चालक केसीले बताए । होटलमा नेपाली कला संस्कृति झल्कने बस्तुहरु राखेर पर्यटकलाई आकर्षण गर्ने प्रयास गरिएको छ ।

प्रत्येक कोठामा कार्ड डुअर लक सिष्टम रहेको छ भने लिफ्टको समेत व्यवस्था गरिएको छ ।

पाहुनको सुविधालाई ध्यानमा राखी होटलभित्र गुडविल ट्राभल, गुडविल ट्रेकिङ, गुडविल स्पा एण्ड ब्यूटी पार्लर, रेष्टुरेण्ट एण्ड बार, कफी एण्ड आइसक्रिम, सपिङ सेन्टरको समेत व्यवस्था गरिएको छ ।

होटलमा कन्फरेन्स हल र मिटिङ हल समेत छन् । होटलको रुफ टपमा गार्डेन छ, जहाँबाट पर्यटकले नजिकै रहेको फेवातालको रसस्वादन गर्न पाउनेछ भने माछापुच्छ्र्रे हिमाल दृश्यावलोकन गर्न सक्नेछन् ।

सञ्चालक केसी विगत २५ वर्षदेखी पर्यटन व्यवसाय गर्दै आएका छन् । उनी कोरियामा समेत केही समय व्यवसाय गरेर फर्किएका थिए थिए । रेष्टुरेण्ट तथा डिपार्टमेन्टल स्टोर सञ्चालन गरेका उनी स्वदेशमै केही गर्नुपर्छ भनेर फर्किएका हुन् ।
फोटो : सुदर्शन रञ्जित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?