Comments Add Comment

सौर्य ऊर्जामा सिसिटिभी क्यामेरा

२५ चैत, कञ्चनपुर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा सौर्य ऊर्जाबाट सञ्चालन हुने गरी सिसिटिभी क्यामेरा जडान गरिएका छन् ।

कार्यालयमा जडान गरिएका आधा दर्जनभन्दा बढी क्यामेराले चौबिसै घन्टा काम गर्न सक्नेगरी सौर्य ऊर्जामा जडान गरिएको हो ।

‘लोडसेडिङ भएका बेलासमेत सौर्य ऊर्जामा जडान गरिएका क्यामेराले कामगर्न सक्नेगरी राख्ने व्यवस्था गरेका छौँ’, प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले भने ।

कार्यालयका कर्मचारीको गतिविधि नियाल्न र कार्यालय परिसरक्षेत्रमा हुने अवाञ्छित क्रियाकलाप नियन्त्रण गर्नका लागि यस कार्यले मद्दत पुर्याउने उनले बताए । एक वर्षअघि देखि जिल्ला प्रशासन कार्यालयमा सिसिटिभी क्यामेरा जडान गरिएका थिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment