+

नेपाल र नामिबियाबीचको खेलको टिकट विक्री सुरु

२०७२ चैत  २५ गते ११:१६ २०७२ चैत २५ गते ११:१६
नेपाल र नामिबियाबीचको खेलको टिकट विक्री सुरु
फाइल फोटो
फाइल फोटो

२५ चैत, काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत नेपाल र नामिबियाबीचको खेलको टिकट बिक्री सुरु भएको छ ।

बिहीबारबाट टिकट बिक्री सुरु भएको हो । टिकटको मूल्य १०० रुपैयाँ राखिएको छ । टिकट खरिद इसेवाबाट गर्नु पर्नेछ ।

मैदानको क्षमता १५ हजार भएकाले त्यति टिकट बिक्रीको लक्ष्य राखिएको नेपाल क्रिकेट संघ क्यानकी सीइओ भावना घिमिरेले जानकारी दिइन् ।

नेपाल र नामिबियाबीचको खेल आगामी वैशाख ४ र ६ गते कीर्तिपुर मैदानमा हुनेछ । दुबै खेलका लागि अलग अलग पास लिनु पर्नेछ ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय