+

३३औं त्रिवेणी कप : एपीएफ र लाङ्दी देवी सेमिफाइनलमा

२०८२ पुष  १७ गते २१:११ २०८२ पुष १७ गते २१:११
३३औं त्रिवेणी कप : एपीएफ र लाङ्दी देवी सेमिफाइनलमा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एपीएफ क्लब र लाङ्दी देवीले ३३औं त्रिवेणी कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन्।
  • एपीएफले ठाडाराई समाजलाई पेनाल्टीसुटआउटमा ५-४ ले पराजित गरेको छ।
  • लाङ्दी देवीले एनआरटीलाई पेनाल्टीसुटआउटमा ९-८ ले हराउँदै सेमिफाइनलमा पुगेको छ।

१७ पुस, लमजुङ । विभागीय टोली एपीएफ क्लब र लाङ्दी देवी लमजुङमा जारी ३३औं त्रिवेणी कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् । बिहीबार भएको क्वाटरफाइनलमा दुवै टोली पेनाल्टीसुटआउटमा विजेता बन्दै अन्तिम चारमा पुगेका हुन् ।

बेशीसहरस्थित त्रिवेणी रंगशालामा भएको क्वाटरफाइनलमा साविक विजेता समेत रहेको एपीएफले ठाडाराई समाजलाई पेनाल्टीसुटआउटमा ५-४ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।
एपीएफका लागि सुटआउटमा सुमन श्रेष्ठ, दीपेश धिमाल, प्रदीप लामा, मणिकुमार लामा र सन्तोष खत्रीले गोल गरे ।

ठाडाराईका आषिश चापागाईं, शिशिर लेखी, करिम र देवेन्द्र तामाङले गोल गरे भने उत्सव राई पेनाल्टीमा गोल गर्न असफल रहे । निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टीसुटआउटमा पुगेको थियो ।

खेलको चौथो मिनेटमै यामीले गोल गर्दै ठाडाराईलाई सुरुवाती अग्रता दिलाएपनि कायम राख्न सकेन । एपीएफलका लागि प्रदिप लामाले ४९औं मिनेटमा बराबरी गोल गरेका थिए ।

एपीएफले अब सेमिफाइनलमा आयोजक त्रिवेणी युथ क्लब र लमजुङ मर्स्याङ्दीबीच हुने क्वाटरफाइनलको विजेतासँग खेल्नेछ ।

यसैगरी लाङदी देवीले ए डिभिजन क्लब एनआरटीलाई पेनाल्टीसुटआउटमै ९-८ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

लाङ्दीदेवीका लागि कप्तान आशिष गुरुङ, सरोज गुरुङ, रोशन पहारी, पदम भट्टराई, सुजन डंगोल, रणदीप पौडेल, प्रमिज गच्छादर, विशन गुरुङ र गणेश हमालले गोल गरे । आदित्य शाक्यले भने गोल गर्न सकेनन् ।

एनआरटीका रोशन खड्गी, सानेम लिम्बू, विज्ञान खड्का, कप्तान कृतिशरत्न छुन्जु, पुजन होना, विवेक गुरुङ, माइकल गर्बुजा र जुनियरले गोल गरे । चेतन थारु र शोता आत्सोमील गोल गर्न असफल रहे ।

लाङ्दीदेवीले अब सेमिफाइनलमा ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड र लालीगुराँस क्लबबीचको विजेतासँग खेल्नेछ ।

मोफसलको चर्चित नकआउट फुटबलमध्ये एक त्रिवेणी कपमा एनआरटी पराजित भएपछि राजधानी काठमाडौंका पाँच क्लब बाहिरिसकेको छ । एनआरटी भन्दा अघि समाज कल्याण, श्री भगवती क्लब, चित्लाङ एफसी र सातदोबाटो युथ क्लब बाहिरिसकेका छन् ।

प्रतियोगिताको विजेताले ट्रफीसहित नगद १२ लाल रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ६ लाख हात पार्नेछ । यस्तै सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरले समान २५ हजार प्राप्त गर्नेछन् ।

प्रतियोगितामा ए डिभिजन क्लब देखि मोफसलका क्लबहरु गरी कूल १६ टोलीको सहभागिता थियो ।

त्रिवेणी कप फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय