Comments Add Comment

मलेसियाको रेडियोमा नेपाली भाषाको कार्यक्रम

Radio-Malesiyaरामचन्द्र नेपाल

क्वालालम्पुर । रोजगारी तथा अध्ययनका शिलशिलामा मलेसियामा रहेका नेपालीहरुले अव नेपाली भाषाको रेडियो कार्यक्रम सुन्न पाउने भएका छन् । नेपाली दूतावास मलेसियाको पहलमा आगामी आइतवारदेखि रेडियो कार्यक्रम सञ्चालनमा आउने भएको हो ।

सोमवार एक कार्यक्रमकाबीच मलेसियाको राष्ट्रिय समाचार संस्था अन्तर्गतको “रेडियो बर्नामा” र नेपालीदुतावासबीच रेडियो कार्यक्रम सन्चालन सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

समझदारीपत्रमा मलेसियाका लागि नेपाली राजदुत डा. निरञ्जनमान सिंह बस्न्यात र बर्नामाका प्रधानसम्पादक दातुक जाकरीया अब्दुल वहावले हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा बोल्दै मलेसियाका लागि नेपाली राजदुत डा.वस्न्यातले अत्यन्तै महत्वपुर्ण क्षण रहेको र यसले दुई देशको दौत्य सम्वन्धलाई अझ प्रगाढ वनाउने विश्वास व्यक्त गरे ।

प्रत्येक आइतवार साँझ ८ बजेको समाचार पछि ९ बजेसम्म करिब १ घण्टा प्रशारण हुने रेडियो कार्यक्रमको नाम नेपाल शन्देश राखिएको छ ।

रेडियोमार्फत दूतावासले नेपाली भाषामा श्रमिकहरुको लागि विभिन्न उपयोगी सूचना, स्वास्थ सम्बन्धी जानकारी तथा सन्देशमुलक सामाग्रीका अतिरिक्त नेपाली गीत संगीत पनि प्रशारण गर्नेछ । त्यसैगरी कार्यक्रममा स्थानीयमलायु भाषामा नेपालको पर्यटन सम्बन्धी सामाग्रीपनिप्रशारण गरिने भएको छ ।

करीव आठलाख नेपाली रहेको मलेसियामा रेडियो कार्यक्रमले नेपालीहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास दूतावासले लिएकोे छ । यो कार्यक्रम रेडियो वर्नामाक्लाङ्ग भ्यालीमा ९३.९ मेघाहर्ज, जोहोर क्षेत्रमा १०७.५, कुचिङ्गमा १००.९ र कोताकिनावारुमा १०७.९ मेघाहर्जमा सुन्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment