Comments Add Comment

प्रधानमन्त्रीको ७ उद्घोषः स्मार्ट सिटीदेखि रेल-वे चढ्ने सपनासम्म

Pm Kp Sharma oli

३० चैत, काठमाडौं । नयाँ वर्षको पूर्व संध्यामा प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधनमा गरे । राजनीतिक विषयसँगै उनले जनताको जनजीवन, विकास र आर्थिक सम्बृद्धिसँग जोडिएका दर्जनौं उद्घोष सम्बोधनमार्फत नै गरे ।

प्रधानमन्त्री ओलीले सरकारको प्राथकिता भन्दै केही ‘महत्वाकांक्षी’ कार्यक्रम मात्रै घोषणा गरेनन्, इन्धन आपूर्तिलाई सहज गर्ने विषयसम्म पहिलो प्राथमितामा राखेर सुनाए ।

ग्यास दिन्छु

सम्बाधेनमा प्रधानमन्त्री ओलीले इन्धन आपूर्तिलाई सहज बनाउने प्रतिवद्धता जनाएका छन् । उनले विशेषतः खाना पकाउने ग्यासमा अझै रहेको असहज वितरणलाई छिट्टै सहज बनाइने बताएका छन् ।

भारतीय नाकाबन्दीपछि असहज भएको ग्यास आपूर्ति अझै सहज भएको छैन । सर्वासधारणले महिनौं कुर्दा पनि ग्यास नपाएको अवस्थामा ओलीले सरकारले त्यसमा केही महत्वपूर्ण कदम चाल्ल्ने संकेत गरेका छन् ।

वर्षा अगाडि पुर्ननिर्माण सुरु गर्छु

भूकम्पपछिको पुनर्निर्माण अपेक्षित गतिमा अघि नबढेको प्रधानममन्त्री ओलीले स्वीकार गरेका छन् । नाकाबन्दी, प्रशासनिक झमेला, कानुनको अभाव र दाताहरुसँग गरेको सर्त सहायता सम्झौता लगायतका अवरोधलाई यसको कारणका रुपमा उनले दर्शाए ।

ओलीले आगामी वैशाख १२ गतेभित्र भूकम्प अतिप्रभावित १४ जिल्लामध्ये ११ वटा जिल्लाका विभिन्न गाविसहरुमा अनुदान सम्झौता प्रकृया द्रुत गतिमा अघि बढ्ने बताए । अब निजी आवास पुनर्निर्माण र तत्काल काठमाडौं उपत्यका सहित भूकम्पबाट प्रभावित अन्य १७ जिल्लामा सर्वेक्षणको काम सुरु हुने बताउँदै उनले त्यसलाई वषर्ात् अघि सकेर पीडितसँग अनुदान सम्झौता गर्ने दावी गरे ।

आगामी जेठ महिनाभित्रमा सम्पन्न गर्ने गरी पुनर्निर्माण प्रकृयालाई अघि बढाउन गाउँगाउँमा पुनर्निर्माण सामुदायिक समिति गठन गर्ने, वर्षाको समयमका लागि भूकम्पपीडितका लागि सामूहिक आवासको व्यवस्था मिलाउने, भूकम्पबाट क्षति भएका पुरातात्विक महत्वका सम्पदा, शैक्षिक संस्था, स्वास्थ्य चौकी, सरकारी भवनहरु लगायतको पुनर्निर्माणलाई तत्काल अघि बढाउने, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई आवश्यक जनशक्तिको व्यवस्थापन गरी संस्थागत संरचनालाई पूर्णता दिने बताए ।

साथै प्रत्येक जिल्लामा कम्तीमा दुई स्थानमा स्रोतकेन्द्र स्थापना गर्ने, प्रत्येक गाविसमा एक जना इन्जिनियर, एक जना सामाजिक परिचालक र एकजना तालिम प्राप्त निर्माण कर्मीको व्यवस्था गर्ने, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको आवास तथा कार्यालय, प्रधानमन्त्रीको कार्यालय, सेनाको मुख्यालय, सर्वोच्च अदालत, संसद भवन, निर्वाचन आयोग लगायत महत्वपूर्ण सरकारी निकायहरुको निर्माण प्रकृया तत्काल थँलने लगायतका घोषणा पनि ओलीले सम्बोधनमार्फत नै गरेका छन् ।

रेल, विमानस्थल र राजमार्ग बनाउँछु

प्रधानमन्त्री ओलीले आफ्नो जीवनमा नै आधुनिक रेल चढ्छु भन्ने सपना देख्न देसवासीलार्ए आग्रह गरे । साथै यातायात सञ्जाल विस्तारमा सरकारले सडक, रेल र हवाइ गरी तीन प्रमुख संरचना निर्माणमा प्राथमिकता दिने पनि बताएका छन् ।

हुलाकी राजमार्ग र पुष्पलाल मध्य पहाडी राजमार्ग, काठमाडौं-निजगढ द्रुतमार्ग, किमाथाङ्का-जोगवनी सडक, रसुवागढी-ठोरी सडक, कोरल्ला-बेलहिया (सुनौली) सडक, हिल्सा-कणर्ाली राजमार्गको निर्माणमा सरकारले विशेष प्राथमिकता दिने सम्बधोनमा उल्लेख छ ।

यस्तै तराईमा थालिएको पूर्व-पश्चिम रेलमार्गको अतिरिक्त केरुङ-काठमाडौं-पोखरा-लुम्बिनी रेलमार्ग निर्माणका लागि अब काम सुरु हुने प्रधानमनत्रीले उद्घोष गरे । उनले सबै नेपालीलाई आफ्नो जीवनकालमै आधुनिक रेलबाट सयर गर्न सम्भव छ भन्ने सपना देख्न आह्वान गरे । निर्माणाधीन भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसँगै प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोेन्नति पनि सरकारको प्राथकितामा रहेको उनले सुनााए ।

कृषि र सञ्चारलाई सुधार्छु

कृषिलाई व्यावसायिक र आधुनिक बनाउन सुनकोशी-कमला-वागमती, कालीगण्डकी-तिनाउ, राप्ती-सुराइ, भेरी-बबई डाइभर्सन लगायत सिँचाइ आयोजना अगाडि बढाएर तराईमा हरित क्रान्तिलाई तीव्र पार्ने विषय पनि सम्बाधेनमा समेटिएको छ । सहकारी, सामूहिक या साझेदारी ढाँचामा खेती गर्न प्रेरित गर्ने र किसानलाई मल, बिउ, प्रविधि, उत्पादनमा प्रोत्साहन गर्ने प्रधानमन्त्री ओलीले बताए ।

सञ्चार सञ्जालको लागि दुई छिमेकीसँग अप्टिकल फाइवर, ब्रोड व्याण्ड इन्टरनेट सेवामार्फत हेभी डेटा प्रसारण गर्ने प्रधानमन्त्रीको योजना छ । इ-कमर्स, इ-गवरनेन्स या डिजिटल नेपाल भनिने गरिएको विद्युतीय माध्यमबाट हुने कारोवारमा रहेको बताए ।

सबैलाई सामाजिक सुरक्षा दिन्छु

उनले सामाजिक सुरक्षा सुरक्षाका माध्यमबाट सबै नागरिकलाई शिक्षा र स्वास्थ्यमा समान हक सिर्जना गर्ने विषय पनि सम्बोधनमा सकेटेका छन् ।

सुरक्षा कोषका माध्यमबाट सक्रिय उमेरमा आफैंले जम्मा गरेको योगदानमा आधारित आजीवन पेन्सनको व्यवस्था गर्ने योजना पनि ओलीले बाहिर ल्याएका छन् । आधारभूत खाद्यबस्तु, आधारभूत स्वास्थ्य सेवा र ऊर्जामा आत्मनिर्भरता पनि सरकारको प्राथमिकतामा रहेको उनले बताए ।

स्मार्ट सिटी बनाउँछु

प्रधानमन्त्री ओलीले देशबासीलाई सम्बोध गर्दै स्मार्ट सिटीको उोजना अघि सारे । ‘मैले देखेको सपना रेट्रोफिटिङमा अडेको गाउँ, बस्ती र शहर हैन- सुविधायुक्त स्मार्ट सिटी हो । मैले हाम्रा योजनाविदहरुलाई दर्जनभन्दा माथि स्मार्ट सिटी, र आधुनिक नेपालको राजधानी भन्न लायक काठमाडौंको नक्सा कोर्न आग्रह गरेको छु,’ प्रधानमन्त्रीले भने ।

एकवर्षमा लोडसेडिङ हटाउँछु

उनले एक वर्षमा आधारभूत रूपमा लोडसेडिङ अन्त्यको लक्ष्य पुरा हुने दावी दोहोर्‍याए । उनले भारतबाट विजुली आपूर्ति बढाउने सम्बोधनमा उल्लेख गरे । माथिल्लो तामाकोशी लगायत निर्माणाधीन आयोजना तीव्र रूपमा सम्पन्न गर्ने, पञ्चेश्वर, माथिल्लो कर्णाली र अरुण तेस्रो जस्ता साझा लगानी या बाहृय लगानीका आयोजनालाई समयमै सम्पन्न गर्ने, बुढीगण्डकी, नलसिंहगाढ, नौमुरे लगायत प्रस्तावित आयोजनाहरूलाई तत्काल अगाडि बढाउने प्रधानमन्त्री ओलीको योजना छ ।

नागरिकले गौरव र अपनत्व महसुस गर्ने गरी कुनै ठूलो आयोजना आम जनताको सहभागिता र स्वदेशी स्रोतबाट सम्पन्न गर्ने, रेमिट्यान्समा आधारित एक आकर्षक जलविद्युत परियोजना अगाडि बढाउने र निर्माणसँगै प्रसारण विस्तारमा ध्यान दिने पनि सम्बोधनमा बताइएको छ । यस्तै सौर्य, वायु, जैविक लगायत वैकल्पिक ऊर्जाको विकासमा सरकारको ध्यान केन्द्रित रहेको प्रधानमन्त्रीले उल्लेख गरे ।

र, प्रधानमन्त्री ओलीले आफुले पद बहाली गरेकै दिन गरेको सबै तुइनलाई विस्थापन गर्ने योजना आगामी असोजसम्म टंगिने दाबी गरेका छन् ।

देशभर रहेका १७१ तुइनमध्ये ३ वटा विस्थापित भइसकेको, ९ वटा निर्माणाधीन, ४२ वटा खरिद प्रक्रिया, ४७ वटा विस्तृत परियोजना प्रतिवेदन तयारीमा रहेको फेहरिस्ता प्रस्तुत गरे । ३४ वटाको विस्तृत परियोजना प्रतिवेदन तयारी भइरहेकाले आगामी असोज अन्त्यसम्ममा परियोजना तयारीका सबै काम सम्पन्न हुने उनको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment