+
+
Shares

भारतले रोक्यो दमकल र एम्बुलेन्स

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख ३ गते ६:०८

३ वैशाख, काठमाडौं । गैरआवासीय नेपालीले दान दिएका दमकल र एम्बुलेन्स नेपाल ल्याउन भारतले रोक लगाएको छ ।

Indian-Flagगोर्खा ब्रिटिस फाउन्डेसनले झापा मेचीनगर नगरपालिकाका लागि पठाएको एम्बुलेन्स र दमकल आठ महिलादेखि भारतमा बिनाकारण रोकिएका आजको नागरिक दैनिकमा समाचार छ ।

कोलकतास्थित बन्दरगाहमा आठ महिनादेखि थन्किएको एउटा एम्बुलेन्स र एउटा दमकल मेचीनगर ल्याउने प्रयास सफल हुन सकेको छैन ।

काँकडभिट्टाकै बासिन्दासमेत रहेका बेलायतका पूर्व काउन्सिलर धन गुरुङको पहलमा नगरपालिकालाई दुई दमकल र दुई एम्बुलेन्स दिने सहमति भएको थियो ।

समहमति अनुसार पहिलो चरणमा एउटा दमकल र एउटा एम्बुलेन्स पठाइएको थियो । गत भर्दौ पहिलो साता बेलायतबाट गुरुङको नेतृत्वमा १५ जनाको टोलीले काठमाडौं र मेचीनगर भ्रमण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?