+
+
Shares

ड्रगको अन्तर्राष्ट्रिय माफिया नेपाली

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख ३ गते ६:३९

३ वैशाख, काठमाडौं । बैंककमा बसेर एक नेपालीले अर्बौंको ‘आइस ड्रग’ तस्करी गर्दै आएको खुलेको छ ।

Charesधादिङ घर भएका धर्म पाख्रिन तामाङले म्यानमारबाट एम्फेटाइमान नामक महंगो लागुऔषधको विश्वभरी तस्करी संचालन गर्दै आएका आजको नयाँ पत्रिका दैनिकले जनाएको छ ।

तामाङका दुई सहयोगीलाई प्रहरीले पक्राउ गरेको छ । धादिङ सत्यदेवी घर भएका नेत्र गुरुङ र चित्र तामाङलाई लागुऔषध नियन्त्रण ब्युरोले ३० चैतमा पक्राउ गरेको हो ।

नयाँ वर्षका लागि भनेर उनीहरु ३ सय २ ग्राम आइस ड्रग लिएर नेपाल आएका थिए । सो लागुऔषध ९० लाख ६० हजार रुपैयाँ बराबरको भएको लागुऔषध नियन्त्रण ब्युरोका प्रमुख डिआइजी जय बहादुर चन्दले बताए । उनीहरुले पटक पटक म्यानमारबाट फिलिपिन्समा आइस ड्रग तस्करी गरेको प्रहरीले जनाएको छ ।

ब्युरोका प्रमुख डिआइजी चन्दका अनुसार उनीहरुले दर्जनौ नेपाली युवा युवतीलाई भरिएका रुपमा प्रयोग गरेर उनले तस्करीको ठूलो सञ्जाल सञ्चालन गर्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?