Comments Add Comment

रमेश उप्रेतीको फिल्मबाट निस्किए नवल, के थियो कुरा नमिल्नुको कारण ?

nabal nepal and rames upreti
‘फलानो चलचित्रबाट फलानो नायिका निस्किइन्, चर्चित नायकले अर्का चर्चित नायकलाई रिप्लेस गरे’, यस्ता खालका खबर मिडियामा नयाँ होइनन् । संझौता गरिसकेका कलाकारलाई नलिने होस् या कलाकारले काम छाड्ने चलन विश्वकै चलचित्र नगरिमा छ । तर, निर्मातासँग कुरा नमिलेर निर्देशकले चलचित्र छाडेका, अर्का निर्देशक भित्रिएका चर्चा पनि कमै मात्र सुनिन्छन् ।

लामो समय अमेरिका बसेर नेपाल आएका नायक रमेश उप्रेतीले निर्माण गर्न लागेको नयाँ चलचित्र ‘ऐश्वर्या’का लागि निर्देशक परिवर्तन गरिएको छ । यो चलचित्रलाई नवल नेपालले निर्देशन गर्ने पक्का भएको थियो । नवल कथावस्तुमा काम पनि गरिरहेका थिए । कलाकार छनोटको काम पनि अगाडि बढेको थियो ।

तर, निर्माता र निर्देशकविच कुरा नमिलेपछि नवल अब यो चलचित्रमा हुने छैनन् । नवलको ठाउँमा निर्देशक दिवाकर भट्टराइको प्रवेश भएको चर्चा छ । निर्देशक नेपालले भने-‘रमेश सर र मेरो कुरा मिलेन । हामीले सौहाद्रपूर्ण वातावरणमा नै काम नगर्ने निर्णय गरेका हौ ।’

उनले चलचित्र बनाउने आ-आफ्नै शैली हुने बताउँदै रमेशको सोच्ने तरिका र आफ्नो गर्ने तरिका फरक भएकाले काम नगर्ने सहमती गरेको बताए । २१ बर्षको चलचित्र करिअरमा पहिलो पटक यस्तो भएको भन्दै नवलले दुख लागेको पनि बताए । ‘श्रीमान्, लज्जा, महशुश, भाग् सानी भाग्’ जस्ता चलचित्र बनाएर नवलले आफूलाई अब्बल निर्देशकको रुपमा परिचित गराइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment