५ वैशाख, काठमाडौं । रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा गेटाफेमाथि सहज जित हात पारेको छ ।
शनिबार राति भएको खेलमा रियल मड्रिडले गेटाफेलाई ५-१ गोल अन्तरले पराजित गरेको हो । जितसँगै उसले लिग लिडर बार्सिलोनासँगको अंक दुरीलाई १ मा झारेको छ र उपाधि होडमा फकिएको छ ।
गेटाफेको घरेलु मैदानमा भएको खेलममा रियलका लागि करिम बेन्जिमा, इस्को, ग्यारेथ बेल, जेम्स रोड्रिग्वेज र क्रिष्टियानो रोनाल्डोले गोल गरे ।
यससँगै ला लिगामा पहिलो पटक यो सिजन ग्यारेथ बलको १६ गोल पुगेको छ ।
जितपछि रियल मड्रिडको ३३ खेलबाट ७५ अंक भएको छ । लिग लिडर बार्सिलोनाको ३२ खेलबाट ७६ अंक छ भने तेस्रो स्थानथमा रहेको एथ्लेटिको मडि्रडको ७३ अंक छ ।
प्रतिक्रिया 4