Comments Add Comment

चेल्सीविरुद्ध एग्युरोको हृयाट्रिक, सिटी तेस्रो स्थानमा उक्लियो

Sergio-Aguero

५ वैशाख, काठमाडौं । सर्जिओ एग्युरोको हृयाटि्रकको मदतमा म्यानचेष्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीलाई हराएको छ । र, अर्को सिजन च्याम्पियन्स लिगमा स्थान बनाउने सम्भावना बलियो भएको छ ।

शनिबार राति भएको खेलमा म्यानचेष्टर सिटीले १० खेलाडीमा सिमित चेल्सीलाई ३-० ले हराएको हो ।

स्टामफोर्ड ब्रि जमा भएको खेलमा सिटीले ३३ औं मिनेटमा एग्युरोको गोलबाट अग्रता लिएको थियो । ५४ औं मिनेटमा एग्युरोले नै दोस्रो गोल गरे ।

७८ औं मिनेटमा चेल्सीका गोलरक्षक थिबाउट कोर्टियसले रातो कार्ड पाए भने सिटीले पेनाल्टी पायो । जसलाई सदुपयोग गर्दै एग्युरोले हृयाट्रिक पुरा गरे ।

जितपछि म्यानचेष्टर सिटीको ३३ खेलबाट ६० अंक भएको छ । लिग लिडर लिसेस्टरको ७२ र दोस्रो स्थानमा रहेको टोटनहृयामको ६५ अंक छ भने आर्सनल ३२ खेलबाट ५९ अंकका साथ चौथो स्थानमा छ ।

चेल्सी भने ३३ खेलबाट ४४ अंकका साथ अंक तालिकाको दशौं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment