Comments Add Comment

‘विश्वकै उत्कृष्ट’ दावी गर्दै नेपालको संविधान सगरमाथामा पुर्‍याइने

nebi-sangh1

५ बैशाख, काठमाडौ,  । नेपाल विद्यार्थी संघले संगठनको झण्डा, नेपालको राष्ट्रिय झण्डा र संविधानसभाले जारी गरेको नेपालको संविधान विश्वको सर्वोच्च शिखर सगरमाथामा पुर्‍याउने भएको छ ।

आफ्नो ४६ औं जन्मजयन्तीको अवसरमा संघले झापाको धुलाबारी क्याम्पसका विद्यार्थी आरोही अनिष लुइटेलले नेवि संघ र नेपालको झण्डासहित नयाँ संविधान सगरमाथाको चुचुरोमा पुर्‍याउने जानकारी दिएको छ । उनले पर्सिबाट सगरमाथाको आरोहण सुरु गर्दैछन् ।

आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनमा नेवि संघका अध्यक्ष रञ्जित कर्णले ति सामग्रीहरु आरोही लुइटेललाई हस्तान्तरण गरे ।

कर्णले नेपालको संविधान संसारकै उत्कृष्ट भएकोले विश्वकै सर्वोच्च शिखरमा पुर्‍याएर सकारात्मक सन्देश दिन लागिएको भन्दै लुइटेललाई आरोहणको सफलताको शुभकामना दिए ।

उनले संविधान जारी भएपछि मुलुक आर्थिक समृद्धिमा जाने विश्वास भएपनि पनि सरकारले कालोबजारीको समानान्तर अर्थतन्त्र चलाएर मुलुकको अर्थतन्त्र ध्वस्त बनाएको आरोप लगाए ।

अध्यक्ष कर्णले अब राजनीतिक क्रान्तिको युग सकिएकोले यूवा विद्यार्थीहरुको आन्दोलन सडकमा भन्दा पनि अार्थिक समृद्धिको लागि हुनुपर्नेमा जोड दिए ।

आरोही लुइटेलले संसारकै उत्कृष्ट संविधानलाई सर्वोच्च स्थानमा पुर्‍याउने प्रतिबद्धता ब्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment