Comments Add Comment

गरिबी निवारण कोषका ३६ अधिकारीविरुद्ध भ्रष्टाचारको मुद्धा, ४ करोड हिनामिनाको आरोप

५ वैशाख, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिबी निवारण कोषमा चार करोड ३४ लाख रुपैयाँ भ्रष्टाचार भएको ठहर गर्दै विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

garibi-niwaran-koshकोषका ३६ जना अधिकारी विरुद्ध अख्तियारले आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

कोषका कार्य प्रवन्धक, लेखा अधिकृत, लेखा सहायक, वित्त तथा प्रशासन प्रमुख तथा कार्यकारी निर्देशकसमेतले एक आपसमा मिलेमतो गरी गैह्र-कानूनी लाभ हुने गरी फर्जि बिल बनाएर भ्रष्टाचार गरेको अख्तियारको ठहर छ ।

कोषमा भ्रमणभत्ताको नाममा आर्थिक ०६६/०६७ मा ९६ लाख २५ हजार , ०६७/०६८ मा  १करोड ८४ लाख ४२ हजार र आर्थिक वर्ष ०६८/०६९ मा १ करोड ५४ लाख १९ हजार  भ्रष्टाचार भएको भन्दै विशेषमा मुद्दा परेको हो ।

उनीहरूले भ्रमणका नाममा खर्च भएको भनी झुठा विल भरपाई पेश गेरी पेश्की फछर्यौट गर्ने गराउने गरेकाे अख्तियारले जनाएको छ ।

को-कोविरुद्ध पर्‍यो मुद्धा सूची हेर्नुस् (फोटोस्रोतः अख्तियार )

achtiyar-garibi-niwaran

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment