Comments Add Comment

जीतसँगै नेपाल विश्व क्रिकेट लिगको पाचौं स्थानमा उक्लियो

६ वैशाख, काठमाडौं । नेपाल विश्व क्रिकेट लिग च्याम्पियनसीपको अंकतालिकामा पाचौं स्थानमा उक्लिएको छ ।

प्रतियोगिताको तेस्रो चरणमा नामिबियालाई दुवै खेलमा हराएपछि अंकतालिकाको अन्तिममा रहेको नेपाल चार अंकसहित पाचौं स्थानमा उक्लिएको हो ।

नेपालले यसअघि पहिलो र दोस्रो चरणमा स्कटल्याण्ड र पपुवान्यूगिनीसँग लगातार चार खेलमा पराजित भएको थियो ।

घरेलु मैदानको फाइदा उठाउँदै नेपालले नामिबियालाई शनिबार ५ विकेट र सोमबार ३ विकेटले हराएर विश्व क्रिकेट लिग च्याम्पियनसीपको शीर्ष ४ भित्र रहने संभावना जीवितै राखेको छ ।

point table_ICC

नेपालले चौथो चरण अन्तर्गत आगामी अगष्टमा नेदरल्याण्ड्स भ्रमण गर्नेछ ।

सन् २०१५ देखि २०१७ सम्म चल्ने प्रतियोगितामा नेपाल लगायत ८ एशोसियट मुलुकका टोलीबीच होम एण्ड अवेको अवधारणामा प्रत्येकले १४ खेल खेल्नेछन् । त्यसमध्येका शीर्ष चार टोलीले सन् २०१९मा इंग्ल्याण्डमा हुने एकदिवशीय विश्वकपको छनौट चरणमा स्थान बनाउनेछन् ।

प्रतियोगितामा ६ खेलबाट १० अंकसहित नेदरल्याण्ड्स शीर्ष स्थानमा छ । त्यस्तै समान खेलबाट दोस्रो स्थानमा रहेको हङकङको ९, तेस्रो स्थानमा रहेको स्कटल्याण्डको ७ र चौथो स्थानमा रहेको केन्याको ६ अंक छ ।

नेपालसँगै ४ अंक जोडेको पपुवान्युगिनी नेट रनरेटको आधारमा पछि पर्दै छैटौं स्थानमा छ । यद्यपी पपुवान्यूगिनीले दुई खेल कम खेलेको छ । नामिबिया सातौं र युएई प्रतियोगिताको आठौं स्थानमा छन् ।

यो पनि पढ्नुस्

पारसको शतकीय योगदानमा नेपालले नामिबियालाई फेरि हरायो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment