Comments Add Comment

तयारीविनै स्मार्ट लाइसेन्स बाँडियो, सफ्टवेयरमा बारम्बार समस्या

Smart license-Card७ वैशाख, काठमाडौं । यातायात व्यवस्था विभागले गत मंसिरदेखि नै काठमाडौंमा ‘स्मार्ट लाइसेन्स’ को वितरण थाल्यो ।

अहिलेसम्म १५ हजार स्मार्ट किसिमको सवारी चालक अनुमति पत्र बाँडी सक्यो पनि । तर, यसको ‘सफ्टवेयर’ प्रणालीमा देखिएको समस्या भने हटेको छैन ।

विभागमा सफ्टवेयरको समस्याले स्मार्ट लाइसेन्सको वितरण नै प्रभावित भएको छ ।प्राविधिक समस्या भन्दै विभागले सोमबार स्मार्ट लाइसेन्स वितरण नै रोक्यो ।

सफ्टवेयरमा समस्या देखिए पनि त्यसको समाधानका लागि काम भइरहेको विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले अनलाइनखबरसँग बताए ।

‘सफ्टवेयरले नयाँ लाइसेन्स लिनेहरुलाई पहिले नै लाइसेन्स लिएको देखायो’ महानिर्देशक श्रेष्ठले समस्या सुनाए ।

बारम्बार थरि-थरि समस्या 

विभागको स्मार्ट लाइसेन्सको सफ्टवेयरले धोका दिएको यो पहिलापटक भने होइन । सफ्टवेयरमा बेलामा-बेलामा यस्तै साना तर, काम नै रोकिदिने किसिमका विभिन्न समस्या देखिँदै आएको छ ।

स्मार्ट लाइसेन्सको सफ्टवेयर तयार पार्नेदेखि व्यवस्थापन गर्नेसम्मको जिम्मा भारतको मद्रास पि्रन्टर्सले पाएको छ ।

प्रणालीमा समस्या आउँदा एकान्कुनास्थित बाग्मति अञ्चल यातायात कार्यालयबाट हुने लाइसेन्स वितरणमा असर पारिरहेको विभागमा प्राविधिक अधिकारीहरु बताउँछन् ।

पर्याप्त तयारी र परीक्षणविना नै विभागले सफ्टवेयर प्रयोग गर्दा यसले सेवग्राहीलाई पनि बेलैमा लाइसेन्स पाउन मुस्किल परिरहेको छ ।

‘माइग्रेसन मिसम्याच’ हुनेदेखि सफ्टवेयरले काम नै नगर्नेसम्मका विभिन्न समस्या विभागले पटक-पटक भोगिरहेको छ । लाइसेन्समा बर्ग थप गर्न पनि सफ्टवेयरले समस्या ल्याएको छ ।

यीनै कारण विभागका प्राविधिकलाई समस्या हटाउन र प्रणालीलाई चुस्त बनाउन बेला-बेलामा हम्मे-हम्मे पर्ने गरेको छ ।

मद्रास प्रिरन्सर्टका मुख्य प्राविधिकहरुले बेलैमा समस्या समाधान नगरिदिँदा समस्या भइरहेको विभागका एक उच्च अधिकारीले बताए ।

‘सफ्टवेयर डेभलपरबाट ‘क्वीक रेसपोन्स’ भइरहेको छैन’ ति अधिकारीले भने-‘कम्पनीका यहाँ रहेका अधिकारीलाई समस्या पर्नासाथ जानकारी दिन्छौं । तर, हुनुपर्ने समस्या समाधान नहुँदै अर्को समस्या थपिरहेको छ ।’  सफ्टवेयरमा बारम्बार समस्या देखिइरहेको विभागका महानिर्देशक श्रेष्ठ पनि स्वीकार्छन् ।

‘विभिन्न किसिमका प्राविधिक समस्याले बेला-बेलामा सताइरहेको छ’ महानिर्देशक श्रेष्ठले भने-‘नयाँ सफ्टवेयर भएकाले समस्या देखिएको हुनसक्छ । विस्तारै हल गर्दै लेगिनेछ ।’

मद्रास प्रिरन्टर्सका अधिकारी काठमाडौंमा 

समस्या दोहोरिराखेपछि अहिले मद्रास प्रिरन्टर्सका उच्च अधिकारी नै काठमाडौं आएका छन् । पि्रन्टर्सका प्रमुख राजा र सिनियर अफिसर गोपीनाथ नेपाल आएका हुन् ।

उनीहरुले समास्याबारे विभागका इञ्जिनियरसहितको प्राविधिक टोली र महानिर्देशकसँग पनि छलफल गरेका छन् ।

मद्रास प्रिरन्टर्सका अधिकारीले केही दिनभित्रै एक-एक जना प्रोग्रामर र डेभलपरलाई काठमाडौं पठाउने प्रतिवद्धता जनाएको विभागले जनाएको छ ।

‘डेभपलपर र प्रोग्रामरहरु आएपछि देखिएका प्राविधिक समस्याहरु हटाइने छ’ विभागका कम्प्युटर इञ्जिनियर राजकुमार महर्जनले भने-‘सफ्टवेयरमा समस्या देखिएपछि अब चाँडो ‘रेसपोन्स’ हुनेछ । ‘टेक्ििनकल इरोर’लाई तत्काल समाधान गर्न सकिनेछ ।’ उनले अहिले प्रिरन्टर्ससँगको ‘कम्युनिकेशन ग्याप’ अब कम हुने विश्वास व्यक्त गरे ।

दुईजना कम्प्युटर इञ्जिनियरको भर 

स्मार्ट लाइसेन्स पूर्णतया कम्प्युटर प्रणालीमा आधारित हुन्छ । यसमा समस्या खदेखिनु समान्य भएपनि समाधान चाँडो गर्नुपर्ने हुन्छ । तर, यसका लागि पर्याप्त जनशक्ति विभागसँग छैन् । ‘स्मार्ट’ प्रविधि सुरु गर्दाकै समयमा विभागले त्यसका लागि पर्याप्त जनशक्ति थपेन ।पुरानै जनशक्तिमा भर पर्दा सफ्टवेयरका समस्याले दुःख दिइरहेको छ ।

विभागमा अहिले कम्प्युटर सफ्टवेर हेर्न दुई जनमा मात्रै इञ्जिनियर छन् । विभागमा रहेका कम्प्यटुर अपरेटरहरुले न सफ्टवेयरबारे जानकारी राखेका छन्, न उनीहरुलाई टाइपिङबाट फुर्सद नै मिल्छ ।

विभागमा कम्प्युटर इञ्जिनियरको दरबन्दी ४ जनाको छ । तर, दुईजनामै भर पर्दा सेवामा नै समस्या भइरहेको छ ।

विभागमा उपसचिव स्तरको कम्प्युटर प्राविधिक नहुँदा समस्या भइरहेको हो । अहिले लाइसेन्स प्रणालीमा आएका समस्या हटाउन दुई इञ्जिनियरलाई भ्याइ-नभ्याइ हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment