Comments Add Comment

‘हाउ फन्नी’मा धमलादेखि संदिपसम्म, प्रियंका र केकीका लागि छ विशेष

priyanka and keki
यदि, नेपालमा व्यस्त कलाकारका कारण चलचित्र चल्छ भने, ‘हाउ फन्नी’ले लोभलाग्दो व्यापार गर्न जरुरी छ । कारण, यसभित्र अहिलेका चल्तीका कलाकार सबै छन् ।

दयाहाङ राई, अनुप विक्रम शाहीदेखि प्रियंका कार्की, केकी अधिकारी, निशा अधिकारी यो चलचित्रमा छन् । यी सबै कलाकार अहिले सर्वाधिक व्यस्त छन् । यसैले पनि यो चलचित्र स्टारकास्टका कारण चल्न जरुरी छ । निलु डोमा शेर्पाको निर्देशनमा तयार भएको यो चलचित्रलाई पूर्व मिस नेपाल माल्भिका सुब्बाले निर्माण गरेकी हुन् ।

यो चलचित्रलाई सेन्सर बोर्डले ‘यूनिभर्सल’ सर्टिफिकेट दिएको छ । कुनै पनि दृश्य काँटछाट नगरि चलचित्रलाई ‘यूनिभर्सल’ सर्टिफिकेट दिइएको हो । आफ्नो कामलाई सबैले रुचाएको भन्दै निलुले खुशी व्यक्त गरिन् । risi dhamala
चलचित्रको ट्रेलरलाई रुचाइएको छ । पूर्ण रुपमा कमेडी शैलीको यो चलचित्रमा ऋषि धमला र संदिप क्षेत्रीको पनि विशेष भूमिका छ । यी दुइले ट्रेलरमा सवैभन्दा धेरै मनोरञ्जन दिएका छन् । वैशाख १० गतेबाट प्रदर्शनमा आउने यो चलचित्रको व्यापारले केकी अधिकारी र प्रियंका कार्कीको करिअरलाई सर्वाधिक ठूलो अर्थ राख्नेछ । nisha adhikari

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment