Comments Add Comment

जनक र सुनिलले कराते च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने

८ वैशाख, काठमाडौं । न्यू योर्कमा आयोजना हुने हिरोल्ड काई अन्तराष्ट्रिय च्याम्पियनसिपमा सहभागी हुन नेपाली कराते खेलाडी जनक सिंह खड्का अमेरिका प्रस्थान गरेका छन् ।

नेपाल कराते महासंघका अध्यक्ष एवं सितेरियो कराते संघका अध्यक्ष दावा गुरुङ्गले खड्कालाई राष्ट्रिय झन्डा प्रदान गर्दै विदाई गरे ।

अप्रिल २४ तारिख अमेरिकामा आयोजना हुने च्याम्पियनसिप पश्चात मे १४ मा क्यानडाको मोन्टेरियलमा आयोजाना हुने मोन्टेरियल खुला कराते च्याम्पियनसिपमा खड्का सहित अमेरिकामानै रहेका सुनिल लामाले पनि सहभागिता जनाउने खड्काले जानकारी गराए ।
जनक सिंह खड्काले ६७ केजी मुनि र सुनिल लामाले ६० केजी मुनि प्रतिस्पार्धा गर्नेछन् ।

खड्काले २०१४ मा आयोजना भएको युएसए ओपन कराते च्याम्पियनसिपमा कास्य पदक प्राप्त गरेका थिए ।

विदाई कार्यक्रममा नेपाल कराते महासंघका महासचिव हरिशरण केसी, सदस्य निवास गोपाल बैद्यलगायतको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment