Comments Add Comment

‘वेफिक्रे’मा रणवीर र बाणीले गरे २३ पटक चुम्बन

ranbir and bani kiss
यस्तो लाग्दैछ, बलिउडका चर्चित निर्देशक आदित्य चोपडा आफ्नो नयाँ चलचित्र ‘वेफिक्रे’मा चुम्बनको बर्षा गराउँदैछन् । चलचित्रको सार्वजनिक फस्टलुक हट छ । जसमा यो चलचित्रका मुख्य २ कलाकार रणवीर सिंह र बाणी कपुरले चुम्बन गरेका छन् ।

तर, यो चुम्बन मात्र चलचित्रमा समावेश छैन । यस्ता २३ वटा चुम्बन चलचित्रमा समावेश गरिएको भारतीय मिडियाको दाबी छ । यो चलचित्रको हाल फ्रान्सको राजधानी पेरिसमा छायांकन भैरहेको छ । चलचित्रभित्र यो जोडीको गजबको प्रेम कथालाई उठान गरेको बताइन्छ ।

बाणीले यसअघि पनि चलचित्र ‘शुद्ध देसी रोमान्स’मा सुशान्त सिंह राजपुतसँग चुम्बन गरेकी थिइन् । यो चुम्बनलाई बलिउडमा कुनै चलचित्रमा समावेश गरिएको सबैभन्दा धेरैपटकको चुम्बन पनि भनिएको छ । अब, यो चुम्बन सेन्सरको नजरमा पर्छ या पर्दैन, हेर्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment