+
+
Shares

सन्तोष सापकोटालाई इन्डोनेसियामा विशिष्ट व्यक्तिको पदवी

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख ८ गते १७:२३

santosh-sapkota
इन्डोनिसिया । इप्लानेट प्रालिका अध्यक्ष सन्तोष सापकोटालाई इन्डोनिसियाले अति विशिष्ट व्यक्तिको पदवीसहित सम्मान गरेको छ ।

गत अप्रिल १६ तारिखमा नेसलन स्टेडियम इन्डोनेसियामा भव्य समारोहकाबीच इन्डोनेसियाको प्राचीन राज्य कुतई मुलावर्मनका महाराजाले अतिविशिष्ट व्यक्तिको पदवी दातो पदुकाबाट सम्मान गगरेका हुन् । सापकोटालाई महाराजाले आफ्नो राज्यका लागि नेपाली दूत नियुक्त गरेका छन् ।

उनलाई दरबारको समारोहमा दूत नियुक्तिको औपचारिक प्रमाणपत्र हस्तान्तरण गरिएको थियो । विभिन्न अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता अन्तर्गत ख्याति कामएका सापकोटाले यसअघि पनि विभिन्न अन्तर्राष्ट्रिय अवार्डहरु पाएका छन् ।

उनले सन् २०१५मा एसियन पोलिटिक्स एण्ड बिजनेस अवार्ड, गोल्डेन फोनिक्स अवार्ड, मार्स अवाड, एसिया अनेष्टि आन्टरपि्रनियर अवाड, वेष्ट नेसनल डिरेक्टर फोर लिटिल मिस एण्ड मिस्टर युरेशियासँगै झन्डै एक दर्जन अवार्ड हात पारेका छन् ।

santosh-sapkota2
मिस हेरिटेज इन्टरनेसनल तथा मिसेस् हेरिटेज इन्टरनेसनल जस्ता अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताका आयोजनामा सफलता प्राप्त गरिसकेका सन्तोषकै अगुवाईमा ईप्लानेट प्रालिले आगामी सेप्टेम्बर महिनामा अफ्रिकी राष्ट्र तान्जानियामा ‘मिस इन्भायोरोमेन्ट इन्टरनेसनल’ प्रतियोगिता सञ्चालन गर्ने तय भइसकेको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?