९ वैशाख, विराटनगर । कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले अहिलेको सरकारको विकल्प खोजिहाल्ने अबस्था नरहेको बताएका छन् ।
नेपाल प्रेस युनियनले बिहीबार बिहान बिराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता सिटौलालेे राजदूत नियुक्ति लगायतका विषयमा सरकार एकल ढंगले अघि बढे पनि विकल्प भने नखोजिने बताएका हुन् ।
नेता सिटौलाले भने, ‘सरकारले काम गर्न सकेको छैन, तर काम गर्न नसकेको भन्दैमा सरकारको विकल्प खोजीहाल्ने अबस्था छैन ।’ उनले दलहरुबीच राष्ट्रिय सहमति कायम गरी अघि बढ्नुपर्नेमा जोडसमेत दिए । ‘दलहरुबीच राष्ट्रिय सहमति जुटाउने कुरामा अहिले अभाव देखिएको छ यसले गम्भीर समस्या ल्याउन सक्छ । पहिला दलहरुबीच राष्ट्रिय सहमति कायम गर्ने कुरामा अगाडि बढौं त्यसपछि अन्य विषयमा छलफल गरेर अगाडि बढ्न सकिन्छ ।’
संविधान कार्यान्वयन लगायतका विषयमा दलहरुबीच राष्ट्रिय सहमति आबश्यक रहेको उनको भनाइ छ । ‘संविधान कार्यान्वयन गर्नका लागि शुरुमा केही समस्याहरु आउाछन् त्यो समस्या हल गर्न दलहरुबीच राष्ट्रिय समहमति बनाएर जानुपर्छ,’ सिटौलाले भने ।
नेपाली कांग्रेस महाधिवेशनमा लागेकोले असन्तुष्ट मधेसवादी दलहरुसाग छलफल गर्न नसकिएको स्वीकार गर्दै उनले कांग्रेसका आन्तरिक कामहरु सकिएकाले अब समस्या समाधानमा कांग्रेसले अग्रसरता लिने बताए ।
प्रतिक्रिया 4