Comments Add Comment

लासमाथि टेक्दै ४ महिनामा अमेरिका पुगेकी नेपाली चेलीको बयान

कतै जंगलमा लास टेक्दै, कतै अग्लो बार नाघ्दै

usa

यो यात्रा वृतान्त हो सिन्धुपाल्चोककी ३० वर्षीया युवती रमिला श्रेष्ठ (नाम परिवर्तन) को । उनी ४ महिना लगाएर यसै साता अमेरिका आइपुगेकी छन् ।

निकै जोखिमपूर्ण उनको यात्रा क्रिस्टोफर कोलम्बस या भास्को डि गामाको भन्दा कम रोचक र साहसिलो छैन ।

रमिलालाई दलालले २३ लाख रुपैयाँ लिएर मेक्सिकोको सीमानामा छाडिदिएको थियो । त्यहाँबाट उनले अमेरिकाको क्यालिफोर्नियामा पर्ने टिजुएना छिर्न आफूभन्दा निकै अग्लो बार नाघिन् । त्यसपछि अमेरिकी प्रहरीसामु आत्मसमर्पण गरिन् ।

रमिलालाई हातमा हतकडी, खुट्टामा नेल र घाँटीमा साङ्लोले बाँधेर अमेरिकन प्रहरीले हिरासतमा लियो ।

पक्राउ परेपछि उनले वकिलसँग सल्लाह गरिन् । प्रहरीले उनलाई अदालतमा पेश गर्‍यो । उनका वकिलको आग्रहअनुसार न्यायाधीशले उनलाई ७ हजार डलर (करिव साँडे ७ लाख रुपैयाँ) धरौटी लिएर छाडिदिए ।

अहिले उनी अमेरिकाको सुदूरपश्चिमी राज्य क्यालिफोर्नियाबाट सुदुरपूर्वी राज्य न्युयोर्क आइपुगेकी छन् । छिटो उड्ने जेटमा समेत यात्रा गर्न ७ घन्टा लाग्ने दुई राज्यबीचको दुरी उनले तीन दिन लगाएर बसमा पार गरिन् ।

उनलाई अभिभावकले काठमाडौंबाटै ७ सय डलर तिरेर हवाइजहाजको टिकट लिइदिएका थिए । तर, आफ्नो पासपोर्ट अमेरिका प्रवेश गर्नुअघि फ्याँकिसकेकाले उनीसँग परिचय खुल्ने कागजात केही थिएन । त्यसैले उनले हवाइजहाजमा यात्रा गर्न पाइनन् र तीन दिन बस चढ्न बाध्य भइन् ।

सँगै गएका साथीहरु बिरामी परे उसलाई रुँगेर बस्ने फुर्सद हुँदैनथ्यो, तिनीहरु उपचार नपाएर त्यहीँ मर्न सक्छन् ।’ उनले एक दिन बास बसेको ठाउँमा भोलिपल्ट मानिसको लास त्यतिकै ढलिरहेको देखिन्

यसरी भयो अमेरिका यात्रा

उनको यात्रा सुरु हुन्छ, काठमाडौंबाट । गाउँमा उनका बाबु र दुई दाजुका परिवार छन् । आमा सानैमा गुमाएकी उनी परिवारकी एक्ली छोरी हुन् ।

उनी काठमाडौं बसेर पढ्थिन् । त्यही क्रममा उनले ब्युटी पार्लरको तालिम लिइन् । त्यसैबीच उनको नाकको शल्यक्रिया गर्नुपर्‍यो । त्यसपछि उनलाई धुलो र धुवाँले एलर्जी हुने समस्या देखियो । डाक्टरले धुलोधुवाँबाट बच्न भने । तर, काठमाडौंमा धुलोधुँवाबाट कसरी बच्ने ? यो सम्भवै छैन ।

त्यसपछि उनले कोरिया जाने योजना बनाइन् । कोरियन भाषाको परीक्षाको तयारी गरिन् । मेहनत गरेर परीक्षामा उनले ९८ प्रतिशत नम्बर ल्याइन् । त्यसपछि उनी कोरियाबाट कामदार भिसा अनुमतिको पर्खाइमा बसिन् । दिन, हप्ता, महिना बिते, उनको भिसा आएन ।

निराश बनेकी उनी कहिलेकाहीँ गाउँ र्फकन्थिन् । गाउँमा उनलाई सबैले जिस्क्याउँथे । ‘विदेश जान्छु भन्थिस् त, अझै यतै छेस् ? यसो भनेर सबैले गिज्याउँथे,’  अहिले उनी सम्भिmन्छिन्, ‘त्यतिखेर आफूलाई निकै ग्लानी हुन्थ्यो ।’

त्यही ब्युटीसियनको काम गर्दा उनले आफूलाई राम्री बनाउन चाहनेहरुको पेडिक्योर गर्न खुट्टा छुनुपथ्र्यो । उनका गाउँका आफन्तहरुले उनलाई ‘पढेर पनि अरुका खुट्टा धोएर बस्छे’ भन्दै गिज्याउँथे ।

उनले ती गाउँलेलाई देखाउनकै लागि विदेश गएरै छाड्ने अठोट गरिन् । तर जाने कसरी ? उनले धेरै केटा मान्छेहरु दलाललाई पैसा बुझाएर अमेरिका छिरेको सुनेकी थिइन् । त्यहाँ राम्रो कमाइ हुन्छ, जीवन सुखमय हुन्छ भन्ने उनले सुनेकी थिइन् । त्यही सपनाको मुलुक अमेरिकाले उनलाई पनि तान्यो । एकपटक त्यहाँ पुग्ने प्रयास गरिहेरौं जस्तो उनलाई लाग्यो ।

उनले चिनेजानेका सबैसँग दलालको सम्पर्क मागिन् । विदेश जानेलाई सहजीकरण गरिरहेकाहरुसँग सल्लाह गरिन् । अनेक प्रयासपछि उनको विदेशमा रहेका एकजना दलालसँग सम्पर्क भयो ।

फेसबुकमार्फत सम्पर्क भएका दलालले पहिले उनलाई पत्याएनन् । अनेक अनुनय विनय गरेपछि उनको डिल फाइनल भयो । दलालले भनेअनुसार उनी रकम बुझाउन तयार भइन् । त्यसपछि दलालले टिकट काटेर मलेसिया आउन भने ।

उनले पनि अवैध बाटो हुँदै गरिने अमेरिकासम्मको यात्रा निकै जोखिमपूर्ण हुने कुरा सुनेकी हुन् । धेरै मुलुकको बोर्डर पार गरेर तय गरिने अमेरिकाको यात्रा सफल हुन्छ भन्ने कुनै ग्यारेन्टी थिएन । ज्यानको जेखिमसमेत हुनसक्थ्यो । उनले हिम्मत जुटाइन् ।

दलाललाई केही रकम पेश्की उनका आफन्तमार्फत बुझाएपछि एक्लै सुरु भयो उनको अमेरिका पुग्ने अनन्त यात्रा ।  सुरुमा उनी मलेसिया उडिन् । दलालसँग मोवाइल र अरु अनलाइन मेसेन्जरमार्फत मात्र उनको सम्पर्क हुन्थ्यो ।

दलालले उनलाई मेसेन्जरमा सम्बन्धित मुलुकको सम्पर्क व्यक्तिको नाम, ठेगाना, बस्ने होटल लगायतको विवरण पठाउँथे । त्यहीअनुसार उनी सम्पर्क गर्दै अगाडि बढ्थिन् ।

मलेसिया पुगेपछि उनको विभिन्न मुलुकबाट अमेरिका पुग्ने सपना बोकेका अरु ४/५ जनासँग भेट भयो । त्यसपछि उनीहरुसँगै मलेसियाबाट बोलिभिया, पेरु, इक्वेडोर कोस्टारिका, निकारागुवा, एलसाल्भाडोर, ग्वाटेमाला हुँदै मेक्सिको पुगे ।

यात्रा कतिको कठिन भयो ? ‘मलाई त्यति गाह्रो भएन,’ उनले सुनाइन् । यसो भन्दैगर्दा उनको अनुहार विजयी भावमा धपक्क बलेको थियो । यद्यपि उनले बाटोमा देखेका, भोगेका कुरा अरुका लागि आङै सिरिङ बनाउने खालका थिए ।

उनले कैयौं रात जंगलको बाटो हुँदै यात्रा गर्नुपर्‍यो । दलालले कुनै मुलुकको बोर्डर आउन लागेपछि कता सुरक्षा कडाइ छ, कता खुकुलो छ भनेर बुझ्थे । त्यसैअनुसार उनीहरुको हिँड्ने रुट परिवर्तन हुन्थ्यो । कतिपय ठाउँमा उनले मानिसका लाससमेत टेक्दै हिँड्नुपर्‍यो ।

हिँड्ने बाटोमा सधैं हतार हुन्थ्यो । विस्तारै हिँड्नेहरु र हिँड्न नसक्नेहरु बाटैमा छुट्थे । एक दिन लगातार ९ घण्टासम्म जंगलको बाटो हिँड्नुपर्‍यो

‘सँगै गएका साथीहरु बिरामी परे उसलाई रुँगेर बस्ने फुर्सद हुँदैनथ्यो,’ उनले भनिन्, ‘तिनीहरु उपचार नपाएर त्यहीँ मर्न सक्छन् ।’ उनले एक दिन बास बसेको ठाउँमा भोलिपल्ट मानिसको लास त्यतिकै ढलिरहेको देखिन् ।

हिँड्ने बाटोमा सधैं हतार हुन्थ्यो । विस्तारै हिँड्नेहरु र हिँड्न नसक्नेहरु बाटैमा छुट्थे । एक दिन लगातार ९ घण्टासम्म जंगलको बाटो हिँड्नुपर्‍यो उनले । कतिपय ठाउँमा उनी समस्यामा परिन् । ती ठाउँमा उनी प्रहरीसमक्ष पुगेर आत्मसमर्पण गर्थिन् । ‘त्यसो गर्दा त्यो मुलुकमा रहुन्जेल सुरक्षित रुपमा बस्न पाइन्थ्यो,’ उनले भनिन्, ‘त्यहाँ रहँदा प्रहरीले निश्चित समयभित्र सम्बन्धित मुलुक छाड्ने आदेशसहितको कागज उपलब्ध गराउँथ्यो । त्यो कागजका आधारमा सुरक्षित रुपमा बस्न सकिन्थ्यो ।’

उनी मेक्सिकोमा आएपछि पक्राउ परिन् र त्यहाँ ६ दिन बसेर छुटिन् । त्यसपछि उनी अमेरिकाको बोर्डर पार गर्न अग्लो बार नाघेर फाल्हालेकी थिइन् ।

अमेरिका छिर्दा उनीसँग आफूले लगाएको एकसरो कपडाबाहेक केही थिएन । उनी अहिले आधा भाडा तिर्नेगरी एक जना नेपाली दिदीसँगै बसेकी छन् । उनलाई नेपालबाट दाजुले अहिलेसम्म खर्च पठाइरहेका छन् ।

संसारकै वैध, अवैध आप्रवासीहरु बस्ने शहर न्युयोर्कमा उनले यसै साता आफूलाई आवश्यक, कपडा, कस्मेटिक्स लगायत दैनिक आवश्यकताका सामानहरु किनमेल गरिन् ।

यतिखेर उनको शरणार्थी बन्ने प्रक्रियाको मुद्दा अघि बढेको छ । उनी यहाँ बस्न खर्च जुटाउन र दलाललाई तिरेको खर्च उकास्न कामको खोजीमा छिन् । झण्डै ३० लाख रुपैयाँ खर्च गरेर अमेरिका आएकी उनले कति समयमा त्यसको भरताल गर्लिन् ? उनीसँग यसको स्पष्ट उत्तर छैन । यद्यपि उनलाई जोखिम मोलेर र पैसा खर्च गरेर यसरी अमेरिका छिरेकोमा कुनै पश्चाताप छैन ।

रमिला एउटी प्रतिनिधि पात्र हुन् । युवाहरु यसरी अमेरिका छिरेका समाचार बारम्बार सञ्चार माध्यममा आइरहेका छन् । तर, युवतीले समेत यस्तो कठिन यात्रा तय गरेको भने बिरलै सुन्न पाइन्छ ।

रमिलालाई उनको हिम्मत र पैसाले अमेरिका ल्याइदिएको हो ।

रमिलाका अनुसार सिन्धुपाल्चोकबाट यसरी अवैध बाटो हुँदै अमेरिका आउने उनी एक्ली भने हैनन् । भूकम्पपछि सिन्धुपाल्चोकका धेरै बस्ती ढलेर सोत्तर भए । त्यहाँको उत्तरी सीमानाका तातोपानी अझै सञ्चालनमा आउन सकेको छैन ।

धेरैलाई राम्रो रोजीरोटी उपलब्ध गराउने नाका सुचारु हुन नसकेपछि धेरैले यसैगरी जोखिम मोलेर अवैध बाटोबाट अमेरिकासम्मको यात्रा तय गरेका छन् ।

‘मेरो जिल्लाका कैयौं गाउँका अधिकांश युवा यसैगरी अमेरिका आएका छन्,’ उनले भनिन्, ‘यस्तो क्रम कतिञ्जेल चल्ने हो, कसैलाई थाहा छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment