Comments Add Comment

आफू जान नपाएपछि अमेरिका हिँडेका सहसचिवलाई मन्त्रीले विमानस्थलबाटै फर्काए

१० वैशाख, काठमाडौं । जनसंख्या तथा वातावरणमन्त्री विश्वेन्द्र पासवानले आफू अमेरिका जान नपाएपछि मन्त्रालयका सहसचिव रामप्रसाद लम्साललाई त्रिभुवन विमानस्थलबाटै फर्काएका छन् ।

bishendra-paswanमन्त्रिपरिषद्को स्विकृति लिएर सरकारकै कार्यक्रममा अमेरिकाको न्युयोर्क जान लागेका सहसचिव लम्साललाई मन्त्री पासवानले विमानस्थलबाटै फर्काएका आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

गत डिसेम्बरमा पेरिसमा भएको कोप २१ को सम्मेलनबाट पारित भएको जलवायु परिवर्तनसम्बन्धी सम्झौतामा नेपालको लायन्स मिनिस्ट्रीबाट प्रतिनिधित्व लम्साललाई मन्त्री पासवानले आफूलाई अमेरिका जान सहयोग नगरेको भन्दै बीच बाटोबाटै फर्काएका हुन् ।

न्युयोर्कमा हुने जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताको हस्ताक्षर गर्ने साइनिङ सेरेमोनीमा सरकारले उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापासहित वातावरण मन्त्रालयका लम्साललाई त्यसतर्फ पठाउने निर्णय गरेको थियो ।

मन्त्री पासवानले आफूपनि अमेरिका जानेसहितको प्रस्ताव मन्त्रिपरिषदमा लगेका थिए । तर, उनको प्रस्ताव मन्त्रिपरिषदले स्वीकृत नगरेपछि अमेरिका जान  पाएका थिएनन् ।

आफू जान नपाएपछि मन्त्रालयबाट कसैलाई पनि जान नदिने अडानमा उनी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment