Comments Add Comment

६ नायिकाको करिअर र स्टारडमको परिक्षा, हाँस्ने कि रुने दर्शकको हातमा ?

richa and priyanka
फ्राइडे रिलिज अन्र्तगत आजबाट २ नेपाली चलचित्र रिलिज भएका छन् । यी दुई चलचित्रबाट नै नेपाली चलचित्रको यो बर्षको सुरुवात भएको छ । यी दुइको व्यापार गतिलो भयो भने यसले बर्षभरि नै एक प्रकारको उमंग दिनेछ ।

विशेषगरि, आजको रिलिजले नेपालमा नाम गनिएका नायिकाहरुको स्टारडमको भ्यालु देखाउनेछ । चलचित्र चलोस् या नचलोस, प्रियंका कार्की र केकी अधिकारी चलेकै छन् । साथमा नीशा अधिकारीको बजार भ्यालु पनि ठिकै छ । दयाहाङ राई त अहिलेको नम्बर १ नायक भैहाले । निलु डोमा शेर्पाको डेब्यू चलचित्र र करिअर यी व्यस्त कलाकारको हातमा देखिएको छ । ‘हाउ फन्नी’ले दर्शक हसाँयो भने पक्कै पनि यसले सबैलाई फाइदा नै हुनेछ ।

यस्तै, रेखा थापा र नन्दिता केसीको स्थानमा ३ नायिका राख्दै  गायक यश कुमारले आफै नायक भएर अभिनय गरेको चलचित्र ‘बाटो मुनिको फूल २’ पनि रिलिज भएको छ । सुवर्ण थापाले निर्देशन गरेको यो चलचित्रमा ऋचा शर्मा, अशिष्मा नकर्मी, रीमा विश्वकर्मा, यश कुमार, बाबु बोगटी, दीलिप रायमाझी मुख्य भूमिकामा छन् । ‘बाटो मुनिको फूल’लाई त दर्शकले साथ दिएकै थिए । अब, यसको सिक्वेललाई दर्शकले साथ दिएको खण्डमा ३ नायिकाको अलमलिएको करिअर पनि उभो लाग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment