Comments Add Comment

ऋतिकको इमेलमा कंगनाको प्रश्न-‘के हाम्रो विचमा प्रेम सम्बन्ध छ या लहड मात्रै ?’

hrithik-kangana 810

बलिउड नायक ऋतिक रोशन र नायिका कंगना रनौतको विवादमा नयाँ तथ्य भेटिएको दावी प्रहरीले गरेको छ । प्रहरीले केही यस्ता ईमेल भेटिएको दाबी गरेको छ जुन इमेल कंगनाले ऋतिकलाई पठाएको दाबी प्रहरीले गरेको छ ।

साईबर क्राईम इन्भेस्टिकेट सेलको अनुसार एउटा इमेलमा कंगनाले ऋतिकलाई लेखेकी छिन् कि-‘यदि तिमीले कुनै दिन तिमी मेरो लागि आवश्यक छैनौ भन्यौ भने म कसरी सहन सक्छु ?’ उनले यो पनि लेखेकी छिन्-‘म तिमीलाई त्यतिवेला नै मन पराउथेँ,  जतिवेला पत्रिकामा तिम्रो तस्विर छापिएको देखेकी थिएँ ।’

ऋतिकका वकिल दीवेश मेहताले पछिल्लो दिन मुम्बई प्रहरीको साईबर क्राईम डिभिजनलाई ४० वटा इमेल उपलब्ध गराएका थिए । वकिलले दाबी गरेका छन् ‘यी सबै ईमेल कंगनाले २४ मे २०१४ मा ऋतिकलाई पठाएकी थिइन् ।

वकिलको भनाई अनुसार कंगनाले लेखेकी छिन्-‘कहिलेकाही म हरेक चीजमा अविश्वास गर्छु । के हाम्रो विचमा प्रेम सम्बन्ध छ या रोमान्स मात्रै ? हाम्रो प्रेम रीयल हो या लहड ?’
यस्तै अरु धेरै इमेल छ जुन इमेल मार्फत कंगनाले ऋतिकसँग प्रेमको विषयमा प्रश्न गरेकी छिन् ।

उनीहरुको विवाद गएको जनावरीवाट सुरु भएको थियो । एक अन्र्तवार्ताको  क्रममा कंगनालाई प्रश्न गरिएको थियो-‘के तपाई ऋतिकको कारण ‘आशिकी-३’ वाट बाहिरिनु भएको हो ?’ जवाफमा कंगनाले भनेकी थिईन्-‘मैले पनि यस्तै सुनेकी छु । मलाई थाह छैन सिल्ली एक्स पार्टनर प्रचार पाउनका लागि यस्तो हर्कत किन गर्छन् ।’

कंगनाले ‘सिली एक्ट’ भनेकै कारण उनीहरुविच विवाद बढेको थियो भने उनीहरुको केश अदालतसम्म पुग्ने सम्भावना बढेको छ । हिन्दी चलचित्र ‘क्रिस ३’ मा काम गर्ने क्रममा उनीहरु नजिकिएका थिए भने त्यसताका ऋतिक कंगनाको अफेयरको समेत हल्ला चलेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment