Comments Add Comment

फिदिमका पसलमा भेटियो अखाद्य पदार्थ

Augaman-phidim
पाथिभरा सपिङ सेन्टरमा अनुगमन टोली । यस पसलमा भने अखाद्य सामान नभेटिएको अनुगमन टोलीले जनाएको छ ।

१३ वैशाख, पाँचथर । पाँचथरको फिदिम बजारमा अखाद्य बस्तुको विक्री वितरण हुने क्रम बढेको भन्दै गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालयले अनुगमन गरको छ ।

बजारमा म्याद गुज्रिएका, मापदण्डभन्दा विपरीत तथा अखाद्य वस्तुहरुको विक्री वितरण मौलाएको भन्दै जिल्ला अनुगमन समितिले आकस्मिक अनुगमनको गरेको सहायक प्रमुख जिल्ला अधिकारी केशवप्रसाद रिजालले जानकारी दिए ।

समितिले सोमबार  सदरमुकाम फिदिमबजारका १० वटा  किराना र मदिराजन्य पसलहरुमा आकस्मिक अनुगमन गरेको छ । अनुगमनका क्रममा मदिरा तथा सुर्तीजन्य पदार्थहरु मापदण्ड नपुर्‍याई विक्री गरिरहेको, मूल्य सूची र पान बिल प्रयोग नगर्ने गरेको पाइएको रिजाललेे बताए ।

अनुगमनमा भेटिएका म्याद गुज्रिएका बिस्कुट, मैदा, कोकलगायत किराना सामान तथा मापदण्ड विपरीत विक्री भइरहेको सुर्तीजन्य पदार्थहरु नियन्त्रणमा लिएर नष्ट गरिएको छ ।

यस्तै अनुगमन टोलीले मूल्य सूची नराख्नेलाई राख्न, अखाद्य वस्तुहरु तथा म्याद नाघेका पदार्थको विक्री वितरण नगर्न र पसलको नाम बोर्ड अनिवार्य राख्न समेत व्यवसायीहरुलाई सुझाव दिएको छ ।

‘बजारमा दिनप्रतिदिन अस्वस्थता बढिरहेको भन्दै गुनासो आउने क्रम बढेको छ, सहायक प्रजिअ रिजालले भनेे- ‘अब प्रशासनले आकस्मिक अनुगमन गर्ने तयारी गरेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment