खडेरीसँगै दिन प्रतिदिन आगलागीका घटना बढेपछि भारतको बिहार सरकार अन्तर्गतको विपत व्यवस्थापन विभागले बिहारको ग्रामिण इलाकामा बिहान ९ बजेदेखि साँझ ६ बजे अगाडि खाना नबनाउन तथा पूजा, होम आदि नगर्न नागरिकलाई सुझाव दिएको छ ।
यसका साथै गहुँको भूस तथा डँडाल्नु जलाउन पूर्ण रोक लगाइएको छ । गर्मीका कारण राज्यमा भइरहेको आगलागी नियन्त्रणका लागि यस्तो गरिएको हो । मुख्यमन्त्रीको निर्देशनपछि विपत व्यवस्थापन बिभागले सोमबार एक परिपत्र जारी गरेको हो ।
राज्य सरकारको यस निर्देशनको उल्लंघन गरेमा दोषीलाई बिपत व्यवस्थापन निर्देशिका अन्तर्गत कारबाही हुने पनि प्रष्ट पारिएको छ ।
विपत ब्यवस्थापन बिभागका मूख्य सचिव व्यास जी का अनुसार आगलागीको घटनाको समीक्षाका क्रममा यो पत्ता लागेको थियो कि अधिकांश आगलागी चुल्होको आगोबाट निस्कने झिल्काका कारण भएको छ । र, नागरिककलाई भनिएको छ कि बिहान नौ बजे अगा डिनै खाना बनाएर आगो निभाउनु ।
उनले बताए अनुसार समीक्षामा पूजामा लगाइएको होम तथा खेलमा गहुँको भूस जलाउन लगाइएको आगोका कारण पनि केहि आगलागी भएको छ । औरंगाबाद जिल्लामा गत २२ अपि्रलमा १३ मानिसको आगलागीमा परेर ज्यान गएको थियो । यो घटना पूजामा गरिएको होमका क्रममा सल्किएको आगोबाट भएको थियो ।
विपत व्यवस्थापन विभागले हरेक जिल्लामा यस निर्देशनको प्रचार प्रसारको तयारी गरेको छ । विभागका अनुसार प्रदेशमा गएको १ महिनाको अवधिमा आगलागीमा परेर ६७ जनाको ज्यान गइसकेको छ ।
प्रतिक्रिया 4