Comments Add Comment

एक वर्षमा प्रियंकाको हजार फ्ल्लाइट

priyanka-new

मुम्बई । भारतवाट लस एन्जल्स, क्यानडा हुँदै फेरि लस एन्जल्स । गएको वर्ष बलिउड नायिका प्रियंका चोपडाले १२ महिनामा एक हजार भन्दा बढी पटक हवाई यात्रा गरेकी छिन् ।

पटक-पटक यात्रा गरेकाले उनी यात्राको विषयमा निकै जिम्मेवार छिन् । इमिग्रेसनमा हरेकले र्फम भर्नैपर्छ भन्ने उनलाई थाह छ । तर, इमिग्रेसनमा पुग्दा प्राय उनको हातमा कलम हुँदैन । जबकि आफ्नो किट वक्समा उनले नीलो र कालो लेख्ने कलम र पेन्सिल अनिवार्य राखेकै हुन्छिन् ।

उनी प्राय टिकट काट्दा हवाई जहाजमा सुत्न मिल्ने समयको टिकट काटछिन् । भारत आउदा होस् या लस एन्जल्स फर्किदा प्राय हवाईजहाजमै निदाउछिन् ।

धेरै यात्रा गर्दा थाकिन्छ भन्ने उनलाई थाह छ । त्यसकारण पानी प्रशस्त पिउछिन् । पानी र भिटामिन सीलाई ब्यालेन्समा राख्ने गरेकी छिन् उनले ।

अरेन्ज जुश र पानी सबै भन्दा धेरै पिउने गरेकी छिन् उनले । कफि पनि बढी नै पिउछिन् । लगातार यात्रा गर्दा धेरै कफि पिउछिन् उनी । डाइट ब्यालेन्स गर्नका लागि त्यसपछि एकदुई दिनसम्म थोरै कफि पिएर मेन्टन गर्छिन् । भारतमा बसेको वेला भने नरीवल पानी धेरै पिउछिन् ।

एअरपोर्टमा जहिले पनि टिपटप देखिने पि्रयंका भन्छिन् ‘राती तीन बजे झर्दा पनि एअरपोर्टमा फोटोग्राफर हुन्छन् टिपटप त हुनै पर्‍यो ।’

यस्तो अवस्थामा कपाललाई सबै भन्दा पहिला मिलाउने पि्रयंका । लिपिष्टिक र गाजल आफैं लाउछिन् सानैदेखि अनुहारमा नरीवलको तेल लाउने वानी छ उनको ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment