
१५ वैशाख, काठमाडौं । एक व्यक्तिले आकासमा उडिरहेको विमानको शौचालयमा आइफोनको कभर प्रयोग गरेर आत्महत्या गर्ने प्रयास गरेका छन् ।
आत्महत्याको प्रयास गर्नेको पहिचान खुलेको छैन । तर, नेपाली हुन सक्ने आशंका गरिएको छ ।
दक्षिण कोरियाबाट हङकङका लागि उडेको क्याथे प्यासिफिक फ्लाइटको विमानमा यो घटना भएको हो । स्थानीय समयअनुसार साँझ ६ बजेतिर विमान अवतरण गर्ने बेलामा एक व्यक्ति शौचालय प्रवेश गरेर भित्रबाट बन्द गरे । विमान अवतरण भएपछि चालक दलका सदस्यहरुले चेक गर्ने क्रममा ढोक ढकढक्याउँदा खुलेन ।
खोलेर हेर्दा ३१ वर्षका व्यक्तिले आइफोनको कभर प्रयोग गरेर आफ्नो घाँटी काटेको भेटिएको छ । उनले त्यहीँ झुण्डिने प्रयाससमेत गरेको पाइएको प्रहरीले जनाएको छ ।
पटक-पटक भाग्ने प्रयास गरेका उनलाई नर्थ लान्टा हस्पिटलमा भर्ना गरिएको छ ।
एपल डेल्लीले आत्महत्याको प्रयास गर्ने व्यक्ति दक्षिण एसियाली भएको र उनी काठमाडौं आउने क्रममा रहेको बताएको छ ।
एचकेओवानले भने एक हृवाट्सएप म्यासेज सार्वजनिक गरेको छ । विमान चालक दलका सदस्यले पठाएको उक्त सन्देशमा आत्महत्या प्रयास गर्ने नेपाली भएको उल्लेख गरिएको छ ।
तर, त्यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन । यसबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
एचकेओवानले सार्वजनिक गरेको हृवाट्सएप म्यासेज
प्रतिक्रिया 4