१६ वैशाख, काठमाडौं । एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संयुक्त राष्ट्र संघका एसिया तथा प्रशान्त क्षेत्रीय राजनीतिक विभागका निर्देशक सुविनय नन्दीबीच भेटवार्ता भएको छ ।
बिहीबार बिहान प्रचण्ड निवास लाजिम्पाटमा भएको भेटमा नन्दीले नेपालको सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानविन आयोगको कामबारे जिज्ञासा राखेका थिए ।
प्रचण्डको निजी सचिवालयले नेपालको वर्तमान परिस्थिति, शान्ति प्रक्रिया, संविधान कार्यान्वयन, पुनर्निर्माणबारे छलफल भएको जनाएको छ ।
नेपालको शान्ति प्रक्रियालाई पूरा गर्न के कस्तो सहयोग गर्नुपर्ला भन्ने निर्देशक नन्दीले जिज्ञासा राखेको प्रचण्डको सचिवालयले जनाएको छ । प्रचण्डले शान्ति प्रक्रियाका बाँकी काम सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग मार्फत पूरा गर्नका लागि राष्ट्र संघको सहयोग आवश्यक पर्नसक्ने बताएका थिए ।
प्रतिक्रिया 4