Comments Add Comment

सामुहिक भोज खाँदा काहुलेमा महामारी, एकको मृत्यु, ५२ अस्पताल भर्ना

nuwakot_food poison 1१६ वैशाख, विदुर । नुवाकोटको काहुले गाविस ६ का सन्तबहादुर तामाङको छोराको जन्मदिनको भोज खाएकाहरुबाट गाविसभर महामारी फैलिएको स्थानीयले बताएका छन् ।

बुधबार बिहान वडानम्बर ८ र ६ का नागरिकहरुमा देखिएको रोगको महामारी अन्य वडामा पनि फैलिन थालेपछि स्थानीय चिन्तित भएका छन् । काहुले गाविसका वडानम्बर १, २, ६, ७ र ८ नम्वर वडाका नागरिकहरुमा झाडा पाखाला लाग्ने, रिंगाटा लाग्ने लगायतका समस्या देखिएको छ ।

nuwakot_food poison (2)

‘सुरुमा भोजमा सहभागि भएकाहरुमा मात्रै देखिएको रोग अहिले भोजमा नगएका गाउँलेहरुमा पनि देखा पर्न थालेको छ,’ स्थानीय छत्र लामाले भने । उनका अनुसार भोजमा सरिक नभएकाहरुमा पनि बान्ता हुने, पाखाला लाग्ने, जोर्नी र नसा दुख्ने समस्या देखिएको छ ।

मंगलवार काहुले गाविस ८ मा जन्मदिनको भोज खाएका सोही गाविसको वडानम्बर ८ र ६ का नागरिकहरु बुधबारदेखि विरामी पर्न थालेका थिए । प्रहरीका अनुसार भोज खाएका काहुले गाविस ८ का ३८ वर्षीय मेघबहादुर तामाङको मृत्यु भइसकेको छ ।

nuwakot_food poison (3)

विरामी परेका ५२ जना अस्पतालमा भर्ना भएका छन् । अहिले जिल्ला अस्पताल त्रिशुलीमा ४१ जनाको र विदुरस्थित सिटी अस्पतालमा ११ जनाको उपचार भइरहेको छ । दुबै अस्पतालमा उपचार गराइरहेकामध्ये २० जना सिकिस्त रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

विरामीहरुको संख्या बढेपछि भुइँमा राखेर उपचार गर्नुपर्ने बाध्यता छ । विरामीहरुलाई उपचारका लागि सदरमुकाम ल्याउने क्रम जारी छ । बुधबार दिउँसोभरी गाउँमै जडिबुटी प्रयोग गरेर गाउँलेहरु बसेका थिए । तर, प्रत्येक घरमा रोग फैलिन थालेपछि गएराति १० बजेबाट विरामीहरुलाई उपचारका लागि सदरमुकाम ल्याउन थालिएको हो ।

nuwakot_food poison (6)

काहुले ८ कै धनसिंङ तामाङ गाउँबाट अहिले पनि बिरामीहरु ल्याउने क्रम जारी रहेको र गाउँबाट २० जना भन्दा बढीलाई उपचारका लागि सदरमुकाम ल्याउन लागेको बताउँछन् । आसपासका गाउँलेहरु त्रसित हुँदै स्वास्थ्य परिक्षणका लागि स्वास्थ्य केन्द्रमा जान थालेका छन् ।

जिल्ला अस्पताल त्रिशुलीको आकस्मीक कक्षका इञ्चार्ज भुवनराज केसीका अनुसार विरामीहरुमा टाउको दुख्ने, रिंगटा लाग्ने झाडाबान्ता हुने गरेको छ । उनका अनुसार सबै विरामीमा एउटै खालको लक्षण देखिएको र उक्त समस्या विषादीयुक्त खानाका कारण सुरु भएको हो ।

दुषित पानी पनि समस्याको कारण

nuwakot_food poison (9)

काहुले गाविस वडा नम्बर ८ का सुर्यबहादुर तामाङ भने आफूहरु दुषित पानीको कारण विरामी परेको अनुमान गर्छन् ।

‘वडा नम्बर ८ र ६ ले प्रयोग गर्ने पानीको मुहान एउटै हो,’ आफ्ना दुई सन्तान र श्रीमतीसहित त्रिशुली अस्पतालमा उपचार गराइरहेका तामाङ भन्छन्, ‘भूकम्प पछि गाउँमा पानीको मुहान सुकेकाले खोलाको पानी प्रयोग गर्न बाध्य छौं ।’

उनले रोग थप फैलिन नदिन र रोकथामका लागि शिघ्र पहल गर्न उनले सरोकारवाला पक्षलाई अनुरोध गरे ।

जिल्ला जनश्वास्थ्य कार्यालयले भोजमा पकाइएका परिकारहरूको नमूना परीक्षण भइरहेको जनाएको छ ।

nuwakot_food poison (19)

nuwakot_food poison (13)

nuwakot_food poison (8)

nuwakot_food poison (12)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment