Comments Add Comment

वैद्य माओवादीमा दुई चिरा

baidhya and badal१८ वैशाख, काठमाडौं । माउ पार्टीसँग एकता अजेन्डामा मोहन वैद्या नेतृत्वको माओवादी विभाजनको संघारमा देखिएको छ ।

अध्यक्ष वैद्यलाई छाडेर प्रभावशाली नेता रामबहादुर थापा सहित पुराना नेतापंक्ति एकीकृत नेकपा माओवादीसँग एकतानजिक पुगेका आजको नागरिक दैनिकमा समाचार छ ।

पुष्पकमल दाहाल नेतृत्वको माओवादीसँग पार्टी एकता विषयमा उत्पन्न विवाद समाधान गर्न नसक्दा वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीमा विभाजनको रेखा देखिन गएको हो ।

अध्यक्ष वैद्यले जारी केन्द्रीय समिति बैठकमा एमाओवादीसँग सैद्धान्तिक रुपमा एकता गर्न नसकिने अडान राखेपछि थापाले छुट्टै केन्द्रीय समिति बैठक राखेर पार्टी एकीकरण निर्णय गराउने योजना बनाएका हुन् ।

कुनै चमत्कार भएन भने पार्टी एमाओदीसँग अध्यक्ष वैद्य बिनै एकता हन सक्ने प्रस्टिदै गएको छ, नेता लेखनाथ न्यौपानेले भने । न्यौपानेका अनुसार वैद्यले बैठक डाकेन्न् भने थापा समूहले भेला बोलाएर एमाअेवादीसँग पार्टी एकताको निर्णय गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment