+
+
Shares

स्मार्ट लाइसेन्स जाँच्ने मेसिन नहुँदा ट्राफिक हैरान

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख १९ गते ६:१७

Smart license-Card१९ वैशाख, काठमाडौं । सवारीचालकलाई ‘स्मार्ट लाइसेन्स’ वितरण तीव्र पारेको यातायात व्यावस्था विभागले ट्राफिक प्रहरीलाई तिनको जाँच गर्न आवश्यक उपकरण भने उपलव्ध गराएकेा छैन ।

उपकरण अभावमा प्रहरीलाई लाइसेन्स छानबिन गर्न समस्या परेको आजको नागरिक दैनिकमा समाचार छ ।

सवारीचालकसँग लाइसेन्स रहे नरहेको त्यसको वर्गीकरण तथा देखाइएको लाइसेन्स सवारी चलाउने मान्छेकै भए नभएको जाँच्ने  जिम्मेवारी रहेका ट्राफिक प्रहरी यातायात व्यवस्था विभागले हाल वितरण गरिरहेको ‘स्मार्ट लाइसेन्स’ ट्राफिकले आँखैले हेरेर मात्र जाँच्न सक्दैन । यसका लागि प्रहरीले विशेष प्रकारको ‘डिजिटल रिडर मेसिन’को सहायता लिनु अनिवार्य नै हुन्छ ।

स्मार्ट लाइसेन्स कार्डको चिप्समा जन्म मिति, नागरिकतारराहदानी नम्बर, रक्त समूह, स्थायी ठेगाना, पिताको नाम, लाइसेन्स जारी र खारेज हुने मितिलगायत विवरण उल्लेख भएको हुन्छ ।

त्यसलाई कार्ड रिडर मेसिनले मात्र पढ्न सक्छ। तर, बाग्मीत अञ्चलबाट मात्र करिब १६ हजार लाइसेन्स वितरण गरिसकेको यातायात व्यवस्था विभागले हालसम्म त्यस्तो लाइसेन्स जाँच्नका लागि मेसिन उपलब्ध गराएको छैन।

स्मार्ट लाइसेन्स जाँच्ने मेसिन उपलब्ध नगराउँदा नयाँ लाइसेन्सको जाँच गर्ने कार्य अघि बढाउन नसकिएको ट्राफिक प्रहरीका प्रहरी नायव महानिरीक्षक(डिआईजी) प्रकाश अर्यालले बताए। ‘स्मार्ट लाइसेन्स जाँच गर्नका लागि जाँच्ने मेसिनसँगै प्रहरी कर्मचारीलाई तालिमको पनि व्यवस्था गर्नु पर्ने हुन्छ,’ उनले भने, ‘यातायात व्यवस्था विभागले मेसिन उपलब्ध गराउने बताइरहेको छ ।

तर, उपलब्ध भएको भने छैन ।’ सकेसम्म प्रत्येक ठाउँमा खटिने प्रत्येक ट्राफिक प्रहरीलाई एक एक थान नभए पनि एउटा प्रहरी इकाइमा एक थान मेसिनको व्यवस्था तत्कालै हुनु पर्ने उनले बताए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?