१९ वैशाख, इलाम । काट्दै गरेको रुख गुडिरहेको मोटरसाइकलमाथि पर्दा एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् ।
 इलाम नगरपालिका ५ स्थित गोलाखर्कमा शनिबार काटदै गरेको रुख गुडिरहेको मोटरसाइकलमाथी खसेको थियो ।
इलाम नगरपालिका ५ स्थित गोलाखर्कमा शनिबार काटदै गरेको रुख गुडिरहेको मोटरसाइकलमाथी खसेको थियो ।
स्थानीय पदम बराइली र भुपाल चौहानले शनिबार दिउँसो रुख काट्नेक्रममा उक्त रुख को २२ प ७०४ नम्बरको मोटरसाइकलमाथी खसेको थियो ।
रुखले थिचेर मोटरसाइकलमा सवार सुनसरी बक्लौरी १ का २८ वर्षीया बिकेश परियारको घटनास्थलमै मृत्यु भएको भने मोरङ तेतरिया ८ का २३ वर्षीय हेमनारायण चौधरी सामान्य घाइते भएका छन् ।
घाइते चौधरीको स्थानिय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयलाई उदृत गर्दै पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ । बराइली र चौहानलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4