+
+
Shares

एएनएको उपाध्यक्षमा टेक्सासका विजयराज भट्टराई नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख १९ गते १०:४६

Bijayraj-Bhattarai

अमेरिका । अमेरिकामा रहेका नेपालीहरुको सबैभन्दा पुरानो संस्था असोसिएसन अफ नेप्लिज इन अमेरिका (एएनए) को उपाध्यक्ष मा ड्यालस टेक्सासका विजयराज भट्टराई निर्बिरोध नियुक्त भएका छन् ।

नेपाली समाज टेक्सास को निवर्तमान महासचिव भट्टराई ११ बर्ष देखि अमेरिका को टेक्सासमा आएका छन् । गत शुक्रबार वसेको  एएनएको केन्ऽीय बैठकले नयाँ बिधानअनुसार हालका उपाध्यक्ष डा. शम्भु ढुंगानालाई बरिष्ठ उपाध्यक्षमा चयन गरी रिक्त उपाध्यक्ष पदमा भट्टराइलाई नियुक्त गरिएको हो।

सन १९८३ मा  स्थापना भएको एएनए उत्तर अमेरिकामा रहेका नेपालीहरूको सबै भन्दा ठूलो संस्था हो । यसले अमेरिका तथा क्यानाडा दुवै मुलुकमा नेपालीहरुको प्रतिनिधित्व गर्छ ।

यस संस्थाले हरेक बर्ष जुलाईमा नेपालीहरूको जमघट हुने सबै भन्दा ठूलो सम्मेलनको आयोजना गर्ने गरेको छ ।  त्यसैको क्रममा यस पटक जोर्जिया राज्यको एटलान्टा शहरमा आगामी जुलाई १ देखि ४ सम्म सम्मेलन हुँदैछ ।

यस सम्मेलनमा विगतमा झैँ कल्चरल सो, कन्सर्ट, डीजे नाइट, ट्यालेन्ट सो गरिँदैछ । खेलकुदमा फुटबल, भलिबल, टेबल टेनिस र बास्केटबल समावेश गरिएको छ । त्यस्तै मानोरञ्जनात्मक रुपले मिस्टर युएसए र मिस युएसएको पनि आयोजना हुनेछ ।

यस कार्यक्रममा सहभागी हुन नेपालबाट नेपाली कांग्रेसका युवा नेता गगन थापा, प्रदीप पौडेल, एमालेका युवा नेता रविन्द्र अधिकारी तथा संचारकर्मी भुषण दाहाल अमेरिका आउँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?