+
+
Shares

विपाशालाई तेश्री श्रीमती बनाए करणले

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख १९ गते १०:३२

karana and bipasha marrige
नायिका विपाशा बसु र  नायक करण सिंह ग्रोवरले मुम्बईमा बंगाली परम्परा अनुसार विवाह गरेका छन् । रकी एसले डिजाईन गरेको रातो रंगको लेहंगामा ३७ व विपाशा निकै खुलेकी थिईन् ।

विवाहमा पनि बिपाशा परम्परागत बंगाली शैलिमा मुस्कुराउँदै नृत्य गर्दै स्टेजमा पुगेकी थिईन् । बंगाली शैलिमा सजिएकी बिपाशाको शीरमा मुकुट थियो भने हातमा पानको पात ।
विपाशा र करणको सन् २०१५ मा ‘एलोन’ सेटमा भेट भएको थियो । यो करणको तेस्रो बिहे हो । उनले यस अघि सन् २००८ मा श्रद्धा निगम र सन् २०१२ मा अभिनेत्री जेनिफर विंगेटसँग विवाह गरेका थिए ।

विपाशाको विवाहमा उनको पूर्वप्रेमी डीनो मोरिया सबै भन्दा पहिला पुगेका थिए । अमिताभ बच्चन, अभिषेक बच्चन र ऐश्वर्या राय पनि सहभागी थिए । बलिउडका चर्चित २ खान साहरुख र सलमान पनि उनको बिहेमा शुभकामना दिन पुगेका थिए । नायिकाहरु प्रीति जिन्टा, नेहा धुपिया, दिया मिर्जा लगायत धेरै कलाकारको उपस्थिती विपाशाको बिहेको देखियो । बलिउडमा अहिले सम्बन्ध विच्छेद गर्ने र जोड्ने परपम्परा नै बसेको छ ।

विपशा र करणले आफ्नो प्रेमलाई लामो समयदेखि लुकाएका थिए । तर, अघिल्ला २ पत्नीलाई छाडिसकेका करणलाई बिपशाले जीवनसाथी बनाएकी छिन् । विपशाको नायक जोन अब्राहिमसँगको प्रेम सबैभन्दा चर्चित थियो । बलिउडमा करिअर पूर्ण रुपमा ओरालो लागेपछि विपशाले बिहे गर्ने निर्णय गरेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?