Comments Add Comment

पशुपति वरपर गाँजा बेच्ने ४ महिलासहित ५ पक्राउ

११ किलोभन्दा धेरै गाँजा बरामद

१९ वैशाख, काठमाडौं । पशुपति क्षेत्र वरपर लागु औषध गाँजा कारोबार गर्दै आएका चार महिला र एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुको साथबाट ११ किलो भन्दा धेरै गाँजा बरामद भएको छ ।

Gaushala-Policeगौशाला प्रहरीले दोलखाको मैनापोखरी-९ की ३२ वर्षीया पार्वती दाहाल, नुवाकोट ककनी-७ की ४४ वर्षीया लालमाया गुरुङ, सिन्धुपाल्चोक फाटकसिला-९ की २३ वर्षीया विद्या अधिकारी र सिरहाबिष्णुपुरकट्टी-७ की २२ वर्षीया सरीता यादवलाई पक्राउ गरेको हो ।

यसैगरी सन्धुली डाँडीगुरासे- ५ घर भइ हाल काठमाडौंको थली बस्दै आएका ५८ वर्षीय दिलबहादुर लामा पनि पक्राउ परेका छन् ।

आइतबार पक्राउ परेका लामाको साथबाट साढे एक किलो, शनिबार पक्राउ परेकी यादवको काठमाडौं विजयचोकस्थित डेराबाट ७ किलो र गुरुङको भक्तपुर ठिमीस्थित डेराबाट २ किलो गाँजा बरामद भएको छ ।

यसैगरी यही वैशाख १६ गते पक्राउ परेकी दाहालको साथबाट एक किलो ४९ ग्राम गाँजा बरामद भएको महानगरीय प्रहरी वृत्त गौशालाका प्रमुख प्रहरी नायब उपरीक्षक नवराज कार्कीले बताए ।

तर, हाल सिनामंगल बस्दै आएकी अधिकारीको साथबाट बरामद भएको गाँजाको परिमाण भने प्रहरीले खुलाएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment