Comments Add Comment

संसदको विधान समितिद्वारा सुझाव संकलन

१९ वैशाख, धनकुटा, । व्यवस्थापिका संसद्को विधान समितिले आइतबार धनकुटामा सुझाव संकलन गरेको छ ।

समितिले देवानीसंहिता कार्यविधि, फौज्दारी संहिता कार्यविधि र फौज्दारी कसूरमा सजाय निर्धारण तथा कार्यान्वयनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयकमाथि राय सुझाव संकलन गरेको हो ।

कार्यक्रममा व्यवस्थापिका–संसद्का सदस्य अञ्जना ताम्लीले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै जनस्तरबाटै सुझाव लिने र त्यसअनुरुप नै विश्वव्यापी कानुनको मान्यतालाई अङ्गीकार गर्दै कानुन बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताइन् ।

समितिका अध्यक्ष सांसद गङ्गा चौधरी सत्गौवाको सभापतित्वमा सम्पन्न कार्यक्रममा फौज्दारी मुद्दाको कार्यविधि विधेयक, २०७१ का बारेमा सांसद कृष्णभक्त पोखरेलले कार्यपत्र प्रस्तुत गरेका थिए ।

यसैगरी परामर्शदाता राजुमानसिंह मल्लले फौज्दारी मुद्दाको कार्यविधि विधेयक, २०७१ र फौज्दारी कसूर निर्धारण र सजायसम्बन्धी विधेयक, २०७१ का बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

यसैगरी सोही कार्यक्रममा परामर्शदाता माधव पौडेलले देवानी संहिता विधेयक, २०७१ र देवानी कार्यविधि विधेयक, २०७१ तथा पुनरावेदन अदालत बार एसोसिएसन धनकुटाका अध्यक्ष रोहित डाँगीले प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा धनकुटाका कानुन व्यवसायी, सञ्चारकर्मीलगायत विभिन्न क्षेत्रसँग सम्बद्ध व्यक्ति तथा सङ्घसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment