Comments Add Comment

गर्लफ्रेण्डले धोका दिएपछि सेक्स डलसँग बिहेबारी

Jennys Seeleप्रेममा पाएको धोका सहन नसकेर एकजना पुरुषले यौन खेलौनासँग बिहे गरेका छन् । जर्मनीका डर्क नाम गरेका एक पुरुष पछिल्लो ५ वर्षदेखि एक सेक्स डलसँग दाम्पत्य जिवनमा रमाइरहेका छन् । उनले पार्टनर बनाएको उक्त सेक्स डलको नाम जेनी राखेका छन् । उनले पाँच वर्ष पहिले ६ हजार युरोमा जेनीलाई खरीद गरेर जेनीसँगै बिहे गरेका थिए ।

डर्कले सेक्स डललाई आफ्नै श्रीमतीको रुपमा भरपूर माया तथा जतन गर्ने गरेका छन् । मुटु आकारको सिक्रि जेनीको गलामा लगाइदिएका छन् ।

ती पुरुषले यसरी एकजना यौन खेलौनालाई श्रीमती बनाएर जिवन कटाउनुको कारण रहेछ । उनले यसअघि आफ्नो गर्लफ्रेण्डबाट धोका खाएका रहेछन् र उनलाई ठूलो मानसिक आघात परेकोे रहेछ । त्यसपछि उनलाई महिलासँग सम्बन्ध गाँस्न डर लाग्न थाल्यो अनि सेक्स डलसँग बिहे गरेर सम्बन्ध गाँसे ।

डर्क अहिले जेनीसँगै यौन सम्पर्क पनि गर्दछन् र दिनभर पनि सँगै रहन्छन् । आफुले सेक्स डलको आवाज समेत सुन्न सक्ने उनको दाबी छ ।

४४ वर्षका डर्कले हरेक दिन जेनीलाई काखमा उठाएर बाथरुममा लगि नुहाइदिन्छन् । दुबै सँगै बसेर टेलिभिजन हेर्दछन् । घरमा कोही पाहुना आयोभने डर्कले जेनीलाई बेडरुममा लुकाइहाल्छन् ।

वास्तवमा यो कुनै काल्पनिक घटना होइन । जर्मन फोटोपत्रकार सेन्ड्रा होएनले यो अनौठो दम्पत्तिको जिवनकथालाई तस्वीरमा उतारेका छन् ।

एक पुरुष र उसको सेक्स डल पत्नीबीचको पूरै दिनभरको सम्बन्धलाई उनले क्यामरामा कैद गर्न सफल भए । उनले तयार पारेको यो अनौठो जोडीको फोटो सिरिज जेनिको आत्माले सोनी वल्र्ड फोटोग्राफी प्रतियोगितामा दैनिक जिवन विधातर्फ दोश्रो पुरस्कार प्राप्त गरेकेा छ ।

यो दम्पत्तिको वास्तविक पहिचान गोप्य राखिएको छ र डर्क ती पुरुषको परिवर्तित नाम हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment