मिडियामा आफ्नो चलचित्र रिलिज भएन भनेर एक नायिकाले गुनासो गरेको लामै समय भैसकेको छ । नायिका खुश्वु खड्का आफूले आधा दर्जन चलचित्र खेलेपनि रिलिज नभएकाले काम देखाउन नपाएको गुनासो गरिरहेकी छिन् ।
अब, उनै खुश्वुले अभिनय गरेको चलचित्र ‘उहिले बाजेको पालामा’ शुक्रबारदेखि रिलिज हुँदैछ । काठमाण्डौमा वैशाख २४ र काठमाण्डौ बाहिर जेठ ७ मा यो चलचित्र रिलिज हुनेछ ।
निर्माता तथा कलाकार गणेश बेलवासे पनि चलचित्रबाट उत्साहित छन् । यो चलचित्रले पुरानो परम्परालाई रोचक तरिकाले देखाएको छ । यसैले पनि वितरक सुनिल मानन्धरले यो चलचित्रको जिम्मा लिएका हुन् । उनी अहिले चलचित्रको कार्यकारी निर्माता हुन् ।
खुश्वु यो चलचित्रमा आफूले काम देखाउने मौका पाएको बताउँछिन् । यो चलचित्र रिलिज भएपछि दर्शकले आफ्नो काम चिन्ने खुश्वुको दाबी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4