Comments Add Comment

सचेत को हुने, बन्न थाले फेरि उच्छृङ्खल फिल्म

archana paneru kiss seen
नेपाली चलचित्रको अवस्था अहिले केही सुध्रदैछ । अहिले चलचित्रका बिषयवस्तुमा फरकपन खोज्न थालिएको छ । भारतीय नाकाबन्दीका कारण हिन्दी चलचित्रलाई दर्शकले खासै रुचाएका छैनन् । सर्वाधिक फ्यान भएका साहरुख खानको चलचित्र ‘फ्यान’ नेपालमा असफल हुनु यसैको उपज हो ।

केही बर्ष अगाडि नेपाली चलचित्रमा अश्लिलताको बाढी नै आयो । चलचित्र भित्र नायक नायिकाका अन्तरंग दृश्य खुबै राखिए । नायिकाले कपडा खोल्न लाज मानेनन् । जसले गर्दा दर्शक पनि हलबाट टाढा भएका थिए । हुनत, अहिले त्यस्ता नायिकालाई खोज्दा सजिलै पाउन गाह्रो छ ।

तर, केही चलचित्रहरु यस्ता पनि बन्न थालेका छन् जसले दर्शक भड्काउन सक्छन् । पोर्न स्टार बन्छु भन्दै हिडेकी अर्चना पनेरुलाई लिएर निर्देशक राजु गिरीले ‘जिस्म’ भन्ने चलचित्र बनाए । चलचित्रभित्र पनेरुले दिएको दृश्य देखेर राजु आफै दंग छन् ।

चलचित्र ‘छेस्को’ गतबर्षको भदौतिर नै रिलिज हुने कुरा थियो । तर, यो चलचित्रको हाल धमाधम केही दृश्यहरुको सुट भैरहेको छ । उनै पनेरुलाई लिएर निर्माताले चलचित्रको सुट गरिरहेका छन् । चलचित्र भित्र पनेरु र कलाकार राजन कार्कीले दिएको दृश्य हेर्दा पनि लाग्छ, यो चलचित्र कस्तो बन्दैछ भनेर ।

अब, फेरि सचेत हुनुपर्ने बेला आएको छ । चलचित्र सेन्सर बोर्ड, चलचित्र विकास बोर्डदेखि मिडिया र दर्शक पनि सचेत हुनुपर्ने बेला देखिएको छ । उच्छृङ्खल चलचित्रले फेरि यो क्षेत्र विगार्ने त होइनन् भन्ने चर्चा चलचित्र क्षेत्रमा सुरु भएको छ । धेरै चलचित्रकर्मी फेरि माहोल विग्रने होकि भन्ने चिन्तामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment